तनहुँ १ मा एमालेबाट पूर्वआईजिपी सर्वेन्द्रसहित ६ जनाको नाम सिफारिस

Byखवरबाटिका

१७ चैत्र २०७९, शुक्रबार ११:१३ १७ चैत्र २०७९, शुक्रबार ११:१३ १७ चैत्र २०७९, शुक्रबार ११:१३

तनहुँ । तनहुँ–१ मा वैशाखमा १० गते हुने उपनिर्वाचन लड्न एमालेबाट पूर्वसांसद, पूर्वआईजिपी देखि महिला उद्यमी सहित ६ जनाको नाम सिफारिस गरिएको छ ।

यसअघि स्थायी कमिटी सदस्य किरण गुरुङ उठ्ने चर्चा भएपनि उनको नाम सिफारिस भएन । 

गुरुङले बिहीबार आफ्नो क्षेत्र छाडेर चुनाव नलड्ने बताएका थिए । उनी यसअघि तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचन लडेर पराजित भएका हुन्  ।

पूर्व प्रदेश सांसद रामबहादुर गुरुङ, पूर्व आईजीपी सर्वेन्द्र खनाल, महिला उद्यमीको रुपमा परिचित शोभा गुरुङ, मोहन विक, परितोस पौडेल, किरण धितालको नाम सिफारिस गरिएको छ ।

बिहीबार बसेको क्षेत्रीय कमिटीको बैठकले जिल्लामा आकांक्षीको नाम सिफारिस गरेको एमाले तनहुँले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *