दमौली : नेपाल मगर संघ जिल्ला समन्वय तनहुँको अध्यक्षमा खड्क सिं थापा मगर चयन भएका छन् । बिहिवार दमौलीमा भएको १६औं अधिवेशनबाट खड्क सिंको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
उपाध्यक्षहरुमा हर्क बहादुर थापामगर, मिना थापा मगर र रिमा आले मगर, सचिवमा केहर सिं आले मगर, सह–सचिवमा सुजन थापामगर कोषाध्यक्षमा सविना रानामगर चयन भएका छन् ।
सदस्यहरुमा फुलमाया आले, दानुमाया थापा, दुर्गा माया थापा, झकुमाया आले, कुमारी थापा, पम्फा थापा, जित बहादुर थापा, कुशबहादुर थापा, पूर्ण बहादुर आले, रन बहादुर थापा, एक बहादुर राना, भम्ब बहादुर थापा, धन बहादुर आले, दुर्गा राज थापा, दिलिप आले, राम बहादुर राना र बुद्धि बहादुर थापा चयन भएका छन् ।
त्यस्तै, आबुखैरेनीबाट २ र रिसिङबाट १ जना सदस्य पछि थप गरिने नवनिर्वाचित अध्यक्ष थापाले जानकारी दिए ।
कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष सिद्धान्त गर्जा मगर, अधिवक्ता मिलन आले, निवर्तमान जिल्ला अध्यक्ष मणिराजथापा मगर लगायतले बोलेका थिए ।