काजकस्तान । युनेस्को विश्व महासंघ अन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रका लागि नेपाल उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको छ ।

युनेस्को महासंघ एसिया तथा प्रशान्त क्षेत्र (Asian Pacific Federation of Clubs and Associations for UNESCO (AFUCA) )को काजकस्तानको राजधानी अलमाटिमा आइतबार सम्पन्न २६औँ साधारण सभाबाट नेपाल उपाध्यक्षमा चुनिएको हो ।

त्यस क्षेत्रको १२ देशले सहभागीता जनाएको अधिवेशनमा दुइ उपाध्यक्ष पदका लागि नेपाल र भियतनामको मात्र उम्मेदवारी दर्ता भएकाले दुबै देश उपाध्यक्षमा निर्विरोध हुन सफल भएका हुन् ।

नेपालबाट युनेस्को महासंघका अध्यक्ष तथा भानु नगरपालिकाका मेयर आन्नदराज त्रिपाठी चुनावी मैदानमा उत्रिएका थिए ।

अध्यक्षमा भने कोरिया र फिलिपिन्सले दावि गर्दै उम्मेदवारी दिएका थिए । कोरिया र फिलिपिन्सबीचको प्रतिस्पर्धामा मतका आधारमा कोरिया अध्यक्षमा निर्वाचित भएको हो ।

कोरियाले १० मत प्राप्त गर्यो भने फिलिपिन्सले २ मत मात्र प्राप्त गरेको थियो । कोरियाबाट सञ्जु ली(Sunjoo Lee) चुनावी मैदानमा उत्रिएकि थिइन ।

उपाध्यक्षमा निर्वाचित भएपछि नेपाल युनेस्को महासंघ तथा क्लबहरुको राष्ट्रिय महासंघका अध्यक्ष त्रिपाठीले एसिया तथा प्रशान्त क्षेत्रमा युनेस्को अभियानलाई सशक्त रुपमा अगाडि बढाउन सक्रिय भूमिका खेल्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box