तनहुँ । उपनिर्वाचन अन्तर्गत तनहुँ–१ मा बिहान ११ बजेसम्म २१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
तनहुँ–१ मा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । अहिलेसम्म तनहुँ–१ कासबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण मतदान भईरहेको निर्वाचन कार्यालय तनहुँलेजनाएको छ ।
तनहुँ १ मा ५ पालिकाका ४२ वटा वडामा मतदान हुँदैछ । मतदानका लागि ६९ मतदान स्थल र १५२ मतदान केन्द्र तोकिएका छन् ।
उपनिर्वाचनमा कुल १ लाख २३ हजार ३ सय ५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि प्रसाद ढकालले बताए ।
निर्वाचन गराउन १३ सय ६८ जना कर्मचारी खटिएका छन् । त्यस्तै सुरक्षाका लागि २ हजार ५ सय सुरक्षाकर्मी खटिएका छन् ।