सत्यवतीको प्रधानाध्यापकमा पहिलो पटक महिला नियुक्त

Byखवरबाटिका

१८ बैशाख २०८०, सोमबार १५:४७ १८ बैशाख २०८०, सोमबार १५:४७ १८ बैशाख २०८०, सोमबार १५:४७

दमौली । दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा पहिलो पटक महिला प्रधानाध्यापकमा नियुक्त भएकी छिन ।

सोही विद्यालयमा माध्यामिक तहमा कार्यरत शिक्षिका पुष्पकला भट्टराईलाई विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकमा चयन गरेपछि महिलाले पहिलो पटक अवसर मिलेको हो ।

विद्यालयका निर्बतमान प्रधानाध्यापक एकबहादुर गुरुङको वैशाख १५ गते कार्यअवधि समाप्त भएपछि समितिले भट्टराईलाई सिफारिस गरेको हो ।

वि.स. २०३३ सालमा स्थापना भएको यस विद्यालयले स्थापना भएको ४७ वर्षपछि महिलाले जिम्मेवारी दिँदा खुसी लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले बताए ।

नवनियुक्त प्रधानाध्यापक भट्टराईलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले, व्यास नगरपालिका वडा नम्बर २ का वडा सदस्य सुरेश वाग्ले, शिक्षक अभिभावक संघका अध्यक्ष सोमराज सिग्देल, लगायतले पदस्थापन गरे ।

सो अवसरमा भट्टराईले सत्यवतीको गरिमा उच्च राख्ने गरी काम गर्ने बताईन । पदस्थापन कार्यक्रममा विद्यालयका निबर्तमान प्रधानाध्यापक एकबहादुर गुरुङलाई राम्रो कार्य गरे बापत दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा पूर्व प्रअ इन्द्रप्रसाद पौडेल लगायतले सफल कार्यकालको कामना व्यक्त गरे ।

प्रधानाध्यापक भट्टराईले अंग्रेजी विषयमा एफएम फिल उत्तिर्ण गरेकी गरेकी छिन भने उनले विद्यावारिधीको समेत अध्ययन गरिरहेकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *