नबिल बैंकद्वारा आँबुखैरेनीमा नयाँ शाखा विस्तार

Byखवरबाटिका

१९ जेष्ठ २०८०, शुक्रबार १३:१९ १९ जेष्ठ २०८०, शुक्रबार १३:१९ १९ जेष्ठ २०८०, शुक्रबार १३:१९

आँबुखैरेनी । नबिल बैंक लिमिटेडले तनहुँको आँबुखैरेनीमा नयाँ शाखा विस्तार गरेको छ ।

बिहीबार आँबुखैरेनी शाखाको एक कार्यक्रमकाबिच आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले पानसमा बत्ति बालेर उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा नबिल बैंक लिमिटेड व्यास कलस्टर प्रमुख हरि ढकालले स्वागत मन्तव्यका साथै आँबुखैरेनीमा शाखा विस्तार गर्नुको उदेश्यबारे प्रष्ट पारेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शुक्र चुमानले नबिल बैंक नेपालकै अग्रणिय वित्तीय संस्था रहेको र वित्तीय संस्था सेवामुलक संस्था भएकोले यस ठाउको आर्थिक, व्यापारीक क्रियाकलापका साथ साथै सामाजिक उत्तरदायी बहन आग्रह गरेका थिए ।

“नबिल बैंक अब तपाईं सँग अझै नजिक ” भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न स्थापनाको ३८ बर्ष पार गरेको उपलक्ष्यमा आँबुखैरेनी लगाएत देशभर एकसाथ नयाँ ३८ शाखाबाट सेवा सुरु गरिएको नबिल बैंक लिमिटेड आँबुखैरेनी शाखाका प्रबन्धक दिवस काफ्लेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *