आइतबार व्यासको नगरसभा: करिब १ अर्ब ६० करोडको बजेट ल्याईदै

Byखवरबाटिका

८ असार २०८०, शुक्रबार २०:३१ ८ असार २०८०, शुक्रबार २०:३१ ८ असार २०८०, शुक्रबार २०:३१

तनहुँ । तनहुँको सबैको भन्दा पुरानो व्यास नगरपालिकाले आइतबार आगामि आर्थिक वर्ष २०८०÷८१ को नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । व्यास नगरपालिकाको सभा हल हुने सभामा करिब १ अर्ब ६० करोडको बजेट प्रस्तुत गरिने नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदत्त गरेको अधिकार, विधि र प्रक्रिया अनुसार नीति बजेट तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो । आर्थिक वर्ष २०७९÷८० का लागि १ अर्ब ७७ करोड ८९ लाख १२ हजार रुपैयाँको बजेट पास गरेको नगरपालिकाले भने यो पटक घटाएर करिब १ अर्ब ६० करोड को बजेट ल्याउनने अनुमान गरिएको छ ।

नगरप्रमुख न्यौपानेका अनुसार संघीय एवं प्रदेश सरकारले दिदै आएको ससर्त, समानिकरण, समपुरक र विशेष अनुदान यसपटक थोरै आएको हुनाले बजेट घटेको बताए । उनले भने,“बजेट घटेपनि सबै कार्यक्रमलाई समेटिएको छ । सबै क्षेत्रलाई प्राथमिकमा राखि बजेट ल्याउने छ । ” उनका अनुसार नगरपालिकाले वडागत योजनाहरु तर्जुमा गरी बजेट निर्माण गरिएको हो ।

आर्थिक वर्ष २०८०÷८१ को वजेट तथा कार्यक्रमको लागि नगरपालिकाले वडागत सिलिङ तयार गरी योजनाहरुको तर्जुमा गरेर विषयगत समिति मार्फत छलफल गरि नीति, वजेट तथा कार्यक्रम तयार गरिएको छ । अघिल्लो वर्ष हरेक वडालाई १ करोड २५ लाख बजेट तोकिएकोमा यो पटक भने १ करोडको बजेट मात्र मापदण्ड तय गरिएको छ ।

वडाबाट आएका योजना छनौटमा सडक, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण,आर्थिक, संस्थागत सुधार लगायतका योजनाहरु प्राथमिकतामा राखिएको उनले बताए । यो नगरपालिकाले सबै वर्गलाई समेटेर बजेट ल्याउन लागिएको उपप्रमुख इन्दिरा दरैले बताईन् ।

उनको अनुसार बालविवाहलाई रोक्नको लागि २० वर्ष पुगेर बिहे गर्ने युवतीलाई १० हजार प्रोत्सान रकम दिईने निति ल्याईने भएको छ । दलित चेपाङ,दरै, बोटे र कुमाल समुदायका युवतीहरुले २० वर्ष पुगेपछि बिहे गरेमा उक्त प्रोत्सान रकम प्रदान गरिने उनले बताईन् । महिला उद्यमीहरुको व्यवसायलाई प्रोत्सान गर्न व्यापार मेलाको आयोजना समेत गरिने कार्यक्रम ल्याउने उनले बताईन् । त्यस्तै विदेशबाट फर्किएर आएका महिलाहरुलाई यहि रोजगारी दिने कार्यक्रम ल्याईने उपप्रमुख दरैले जानकारी दिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *