पढ्दै, सिक्दै र कमाउँदै ऋषिङका विद्यार्थी

Byखवरबाटिका

१६ असार २०८०, शनिबार २०:४७ १६ असार २०८०, शनिबार २०:४७ १६ असार २०८०, शनिबार २०:४७

संजय श्रेष्ठ, ऋषिङ । तनहुँको ऋषिङ्ग गाउँपालिका-८ मा रहेको शिव सरस्वती माविमा १८ महीने प्री डिप्लोमा भेटेरिनरी जेटिए विषय तर्फ १७ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

बिहान ६:३० बजेदेखि ११ बजेसम्म उनीहरु विद्यालयमा पढाइमा व्यस्त हुन्छन् ।

शिक्षकले पढाएका कुरा अभ्यासमा उतार्न उनीहरू बिहान ७ बजे देखि विद्यालयले आफ्नै जग्गामा बनाएको फर्ममा खटिन्छन् । त्यहाँ पालिएका ब्रोइलर कुखुरा, पाडा, बाख्राहरुको दाना पानी र फर्मको व्यवस्थापन गर्छन् ।

पछिल्लो समय उनीहरूको दैनिकी यसैगरी प्रयोगात्मक सिकाई र अभ्यासमा बित्ने गरेको छ । विद्यालयको फर्ममा अहिले ४०० ओटा ब्रोइलर कुखुरा, २ राँगा र बाख्राहरु पालिएका छन् ।

दिनहुँजसो उनीहरू शैद्धान्तिक सिकाइलाई व्यवहारमा उतार्न प्रत्यक्ष रूपमा फिल्डमा नै सहभागी हुने गरेका छन् ।

पाठ्यक्रममा आधारित पशुपालन र उपचार पद्धति बारे पढी रहेका विद्यार्थीहरु विद्यालय नजिकका टोलहरुमा गई किसानका पशु चौपायाको निशुल्क औषधि उपचार समेत गर्ने गर्छन् ।

उपचार पद्धति र प्रक्रिया बारे निपूर्ण हुनका लागि किसानका पशु चौपायाको निशुल्क उपचार गर्दा आफूमा आत्म विश्वास बढ्ने तथा सेवा पाएका किसान समेत खुशी भएको अध्यनरत बिधार्थी ऋषिराम थापाले बताए ।

प्राविधिक धार अन्तर्गत पर्ने १८ महीने ( भेटेरिनरी जेटिए) पढ्ने १७ जना विद्यार्थीले पढाइसँगै पशु पालन गरेर आयआर्जन गर्दै आएका छन् । फर्ममा पालिएका कुखुराहरुमा बिद्यालयले लगानी गरेतापनि मुनाफा भने विद्यार्थीहरुले पाउने गरेका छन् ।

यसरी उनीहरू पढाइ खर्चलाई केही राहत हुने भए सँगै पशुपालन तर्फ थप हौसिएका छन् । सजिलै काम सिक्न् र अनुभव बटुल्न उत्प्रेरित भएका विद्यार्थीहरुलाई सिकाउन र उद्यमी बनाउनका लागि विद्यालय व्यवस्थापन समिति लागि परेको समितिका अध्यक्ष दान बहादुर श्रेष्ठले बताए ।

समूहमा विभाजित विद्यार्थीले अहिले अध्ययन मात्र नभई एक सिजनमा मात्र प्रति विद्यार्थी ५ देखि ७ हजारसम्म कमाउने र सीप विकास गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *