तनहुँ । तनहुँको व्यास नगरपालिकाले व्यास अवतरण (गुरु पूर्णिमा)का अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाले विगत वर्ष झै यस वर्ष पनि उक्त दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गुरु पूर्णिमाका अवसरमा कार्यालय परिसरमा व्यास अवतरण दिवस मनाउने कार्यक्रम रहेको छ ।
सोमबार बिहान नगरपालिका परिसरमा विविध कार्यक्रम गरि व्यास अवतरण मनाईने नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।
सोमबार नगरपालिका तथा नगरपालिका अन्तर्गतका कार्यालय, सामुदायिक एवं संस्थागत शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) र नगरपालिका मातहतका सङ्घसंस्था बन्द रहने प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए ।