एकीकृत समाजवादी तनहुँका अध्यक्ष कार्की एमालेमै फर्किए

Byखवरबाटिका

५ श्रावण २०८०, शुक्रबार १९:२० ५ श्रावण २०८०, शुक्रबार १९:२० ५ श्रावण २०८०, शुक्रबार १९:२०

दमौली । नेकपा एकीकृत समाजवादीका तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्कीसहितका नेता नेकपा एमालेमा फर्किएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी तनहुँले शुक्रबार आयोजना गरेको पार्टी समाहित कार्यक्रममा अध्यक्ष कार्कीसहित केहि नेता कार्यकर्ता एमालेमै फर्किएका हुन् । उनीहरुलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव एवंम् गण्डकी प्रदेशका ईन्चार्ज गोकर्ण विष्टले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

त्यसक्रममा समाजवादी मोर्चाको सिद्धान्त स्पष्ट नभएको र जनताको बहुदलीय जनवाद, मदन भण्डारीको विचारबिना अगाडि बढ्न नसक्ने कार्कीले बताए ।

जिल्ला अध्यक्ष कार्कीसहितका नेता गत वैशाखमा भएको उपनिर्वाचनमा एमालेमा फर्किन संवादमा थिए । तर, अन्तिम समयमा एमाले फर्कने कार्यक्रम रोकिएको थियो ।

एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ, पोलिटब्युरो सदस्य एवं प्रदेश सचिव प्रतापलाल श्रेष्ठ, एकीकृत समाजवादी तनहुँका पूर्वअध्यक्ष श्रेष्ठ पनि एमालेसंग संवादमा थिए ।

उपमहासचिव गुरुङले पोखरा, तनहुँमा पटकपटक संवाद गरिसकेका छन् । उनीहरु पनि एमालेमै फर्किने एमाले नेताहरु दाबी गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *