घिरिङको डाँडाथोकबाट एकनाले भरुवा बन्दुकसहित थापा पक्राउ

Byखवरबाटिका

१२ श्रावण २०८०, शुक्रबार ०६:२४ १२ श्रावण २०८०, शुक्रबार ०६:२४ १२ श्रावण २०८०, शुक्रबार ०६:२४

तनहुँ । तनहुँको घिरिङ स्थित डाँडाथोकबाट एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन ।

घिरिङ गाउँपालिका वडा नं ३ डाँडाथोकबाट ५८ वर्षिय टेक बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

थापाले अवैध रूपमा एकनाले भरूवा बन्दुक साथमा लिई हिडेको अवस्थामा फेला पारी तत्काल नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

हातहतियार खरखजना मुद्दा शिर्षकमा बिहिबार तनहुँ जिल्ला अदालतमा उपस्थित गराई ७ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *