अनुगमनपछि दमौलीका निजि स्वास्थ्य संस्था मापदण्ड सहित सञ्चालनमा

Byखवरबाटिका

१२ श्रावण २०८०, शुक्रबार ०७:५७ १२ श्रावण २०८०, शुक्रबार ०७:५७ १२ श्रावण २०८०, शुक्रबार ०७:५७

तनहुँ । तनहुँको व्यास नगरपालिकाले दमौलीमा सञ्चालित निजि स्वास्थ्य संस्थामा गरेको अनुगमन पछि सबै स्वास्थ्य संस्था मापदण्ड सहित सञ्चालनमा आएका छन् ।

असार २० गते देखि नगरपालिकाले दमौलीका ५ निजि अस्पताल, २७ वटा फार्मेसी र ८ वटा आयुर्वेद फर्मामा अनुगमन गरेको थियो ।

जसमा ७ वटा आयुर्वेद पसलमा सिल गरिएको थियो भने एक निजि अस्पताल र फार्मेसीलाई स्पष्टीकरण माग गरिएको थियो । जस अनुसार सबै निजि स्वास्थ्य संस्था मापदण्ड अनुसार सञ्चालनमा आएका छन् ।

अनुगमनको क्रममा सिल गरिएको स्पार्क दमौली अस्पतालले वेदव्यास फिजियोथेरापी सेन्टर दर्ता गरि मापदण्ड सहित सञ्चालनमा आएको नगरपालिकाको जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङले जानकारी दिईन् ।

त्यस्तै सिल गरिएका अन्य आयुर्वेद पसलहरुले पनि मापदण्ड पु्याएर दर्ता, नविकरण, लाईसेन्सको नविकरण गरि सञ्चालनमा आएको उनले बताईन् । मापदण्ड विपरित क्लिनिक सहित फार्मेसी सञ्चालन गरेको अमोल आयुर्वेदले अनुगमन पछि क्लिनिक बन्द गरे फार्मेसी मात्र सञ्चालन गरेको छ ।

त्यस्तै मापदण्ड विपरित क्लिनिक र प्रयोगशाला सहित सञ्चालन गरेको व्यास होमियो फार्मेसीले अहिले फार्मेसी मात्र सञ्चालन गरेको छ ।

नविकरण नै नगरि सञ्चालनमा रहेको अवस्थामा फेला परको सिटि जनरल अस्पालतले जरिवाना सहित नविकरण गरेको छ भने सबै मापदण्ड सहित सञ्चालनमा रहेको छ । अन्य निजि अस्पतालहरुले फोहोर मैलाको उचित रुपमा व्यवस्थान गरेको गुरुङले बताईन् ।

अनुगमन पछि नगरभित्रका निजि स्वास्थ्य संस्था मापदण्ड सहित सञ्चालनमा आएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले बजार क्षेत्रमा रहेको निजि स्वास्थ्य संस्थालाई सुधार गर्नु र स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नगरवासी सम्म स्वास्थ्य सेवा पुर्याउन नगरपालिका लागि परेको बताए ।

उनले भने,“ नगरवासीको स्वास्थ्य प्रति नगरपालिका गम्भिर छ, स्वास्थ्य क्षेत्रको बेथितीलाई सुधार गर्न हामी लागिपरेका छौं । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *