रोट्रयाक्ट क्लव अफ भानुद्धारा शैक्षिक सामाग्री वितरण

Byखवरबाटिका

२६ श्रावण २०८०, शुक्रबार २१:२५ २६ श्रावण २०८०, शुक्रबार २१:२५ २६ श्रावण २०८०, शुक्रबार २१:२५

तनहुँ, २६ साउन । रोट्रयाक्ट क्लव अफ भानुले शुक्रवार एक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।

क्लबले भानु नगरपालिका वडा १३ स्थित नेपाल ईस्लामिक हनफिया मदर्शा प्राथमिक विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।

विद्यालयका १६ जना विद्यार्थीलाई कापी,कलम,इरेजर लगायतका शैक्षिक सामाग्री सहयोग गरेको क्लबका अध्यक्ष राजिब राउतले जानकारी दिए ।

कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बालबालिकाको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले क्लबले सहयोग गरेको प्रति आभार व्यक्त गर्दै समाज परिवर्तनका लागि अझै उत्कृष्ट कार्यक्रम गर्न अनुरोध गरेका थिए ।

क्लबका अध्यक्ष राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भानु १३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारी, क्लबका पूर्व अध्यक्ष अबिन परियार, समाजसेवि महमद खालिद मियाँ, विद्यालयकी प्रअ सिमा रानी मियाँ लगायतले बोलेका थिए ।

कार्यक्रममा क्लबकी उपाध्यक्ष सकिना महमदले स्वागत गरेकी थिइन भने कार्यक्रम सञ्चालन क्लबका सहसचिव तइप मियाँले गरेका थिए ।

रोट्रयाक्ट क्लव अफ भानुले नगर क्षेत्रमा विभिन्न सामाजिक काम गर्दै आएको छ । स्थापनाको छोटो समयमा नै क्लबले भानु क्षेत्रको शिक्षा, स्वास्थ्य, सरसफाईका साथै युवाहरुमा नेतृत्व बिकास सम्बन्धि विभिन्न कार्यक्रम गर्न सफल भएको अध्यक्ष राउतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *