आबुँखैरेनीबाट ११ जना जुवाडे नगदसहित पक्राउ

Byखवरबाटिका

२८ श्रावण २०८०, आईतवार २०:२४ २८ श्रावण २०८०, आईतवार २०:२४ २८ श्रावण २०८०, आईतवार २०:२४

आबुँखैरेनी । तनहुँको आबुँखैरेनीबाट ११ जना जुवाडे पक्राउ परेका छन ।

शनिबार जिल्लाको आबुँखैरेनी गाउँपालिका वडा नं. ३ पानीघट्टा स्थित प्रकाश बगालेको घरमा अबैध रुपमा जुवा (तास) खेलिरहेका ११ जना व्यक्तीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

उनिहरुको साथबाट नगद रु. ६२ हजार ३१० र तास सहित फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय तनहुँबाट ५ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाणँले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *