व्यासमा महिलाको स्वामित्वमा घरनक्शा पास गर्दा राजश्वमा छुट

Byखवरबाटिका

३० श्रावण २०८०, मंगलवार २०:१२ ३० श्रावण २०८०, मंगलवार २०:१२ ३० श्रावण २०८०, मंगलवार २०:१२

दमौली । तनहुँको व्यास नगरपालिकाले महिलाको नाममा घरनक्सा पास गर्दा राजश्‍व छुट गरेपछि सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गइरहेको छ ।

पछिल्लो समय नगरपालिकामा महिलाको स्वामित्वमा घरनक्सा पास गर्नेको संख्या बढेको नगरपालिकाको भवन नियमन तथा घर नक्सा पास शाखाका प्रमुख अमृत के.सीले जानकारी दिए ।

अहिले नगरपालिकाको घरनक्सा शाखामा घरनक्सा पास गर्ने काममा आधाभन्दा बढी सेवाग्राही महिला हुने गर्छन् ।

नगरपालिकाले महिलाको स्वामित्व बढाउन उनीहरुको नाममा घरनक्सा पास गर्दा राजश्वमा ५ प्रतिशत छुट दिने गरेको छ । शाखा प्रमुख के.सीले भने,“ सम्पत्तीमा महिलाको स्वामित्व बढाउन घर नक्सा पास गर्दा नगरपालिका बाट छुट दिईने गरिएको हो । यसले महिलाहरुलाई आर्थिक रुपमा सबल र पारिवारिक निर्णय प्रकृयामा प्रभावकारी बनाउने छ । ” गएको तीन वर्षमा १ हजार दुई सय घर नक्सा पास गर्दा ९ सय घरनक्सा महिलाको स्वामित्वमा पास गरेको उनले बताए ।

महिलाको नाममा घरनक्सा पास बढ्न थालेपछि गएको वर्षमा घर नक्सा पास गर्दा १ करोड २ लाख राजश्व संकलन भएकोमा ५ लाख राजश्व छुट दिईएको छ । महिलाको सम्पत्तिमा स्वामित्व बढाउने, उनीहरुलाई आर्थिक रुपमा सबल र पारिवारिक निर्णय प्रकृयामा प्रभावकारी बनाउने लगायत लक्ष्य राखेर नगरपालिकाले राजश्‍व छुटको नीति अख्तियार गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

उनले भने,“नगरपालिकाले महिलाको स्वामित्वमा घरनक्सा पास गर्दा राजश्वमा छुट दिएपछि सोचे अनुरुप नतिजा प्राप्त भएको छ । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *