रोट्रयाक्ट क्लब अफ भानुको तेस्रो पदस्थापन कार्यक्रम सम्पन्न,अध्यक्षमा राजिव

Byखवरबाटिका

१० भाद्र २०८०, आईतवार १३:०८ १० भाद्र २०८०, आईतवार १३:०८ १० भाद्र २०८०, आईतवार १३:०८

भानु । रोट्रयाक्ट क्लब अफ भानुको तेस्रो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न कार्यक्रमको प्रमुख अतिथि भानु नगरपालिकाका उपमेयर उमा गोतामे थिईन ।

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको सभाहल चुँदिरम्घामा सम्पन्न कार्यक्रममा वर्ष २०२२/२३ का अध्यक्ष अविन परियारले आफ्नो कार्यकाल सम्पन्न गरि आफ्नो सम्पुर्ण पदभार वर्ष २०२३/२४ का अध्यक्ष राजिव राउतलाई आफ्नो पदभार हस्तान्तरण गरेका थिए ।

अध्यक्ष राउतले रोट्रयाक्ट भानुलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रम सभ्य, भव्य र उल्लासमय ढङ्गले सम्पन्न भएको वर्ष २०२३/२४ का सचिव अनुज खनालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *