दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ढकालटार निवासी युटुबर अनिल सुनारले गाउँपालिकाको शिक्षा कोषमा आर्थिक सहयोग गरेका छन् ।

युटुबर सुनारले आफ्नो व्यक्तिगत युट्युब च्यानलमा ५ लाख सब्सक्राइबर पुगेको खुशीमा आँबुखैरेनी गाउँपालिका अन्तर्गत सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारको लागी ३० हजार आर्थिक सहयोग गरेका हुन् ।

बुधबार युटुबर सुनारले उक्त रकम आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई हस्तान्तरण गरेका हुन् ।

सोही अवसरमा गाउँपालिकाले सुरु गरेको शैक्षिक सुधार कार्यक्रमलाई थप टेवा पुर्याउने उदेश्यले शैक्षिक क्षेत्रमा गरेको सहयोग प्रति युटुबर अनिल सुनारलाई आँबुखैरेनी गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ ।

विषेशत सुनारले आफ्नो र परिवार संगको पलहरु समेटेर दैनिक भ्लग बनाउने गर्छन । उनको युट्युब च्यानलमा अहिले ५ लाख ६ हजार सब्सक्राइबर पुगेको छ ।

त्यस्तै उनले अहिले सम्म ३ सय ८१ वटा भिडिओ आफ्नो च्यानलमा अपलोड गरेका छन् । उनले आफ्नो युट्युब यात्रा सन् २०१९ देखि सुरु गरेका हुन् । उनको एउटै भ्लगमा १० लाख सम्म भ्युज पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *