देउसी भैलोबाट संकलन गरिएको रकमबाट छात्रवृत्ति कोष स्थापना

Byखवरबाटिका

१ पुष २०८०, आईतवार ०६:३८ १ पुष २०८०, आईतवार ०६:३८ १ पुष २०८०, आईतवार ०६:३८

दमौली । तनहुँको व्यास नगरपालिका १ स्थित आदिकवि भानुभक्त क्याम्पसमा गठन गरिएको व्यवस्थापन विद्यार्थी सर्कलले रु एक लाख रकम बराबरको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ ।

देउसी भैलोबाट संकलन गरिएको रकमबाट छात्रवृत्ति कोष स्थापना गरिएको सर्कलकी अध्यक्ष निशा भण्डारीले जानकारी दिईन ।

शुक्रबार सर्कलकी कोषाध्यक्ष सबिना अधिकारीले छात्रवृत्ति अक्षयकोषको आय व्यय प्रस्तुत गरि रु एक लाख सर्कलको तर्फबाट कोष घोषणा गरी क्याम्पस संचालक समितिका अध्यक्ष बुद्विमान श्रेष्ठलाई चेक हस्तान्तरण गरेकी थिइन् ।

यसैगरि छात्रवृत्ति अक्षयकोष कार्यविधि मस्यौदा उपसमिति सदस्य सचिव सुमन खड्काले कार्यविधि प्रस्तुत गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *