कुमाल समाज तनहुँको अध्यक्षमा पुनःआलोक कुमाल निर्वाचित

Byखवरबाटिका

६ फाल्गुन २०८०, आईतवार १५:३४ ६ फाल्गुन २०८०, आईतवार १५:३४ ६ फाल्गुन २०८०, आईतवार १५:३४

तनहुँ । कुमाल समाज तनहुँको अध्यक्षमा पुनः आलोक कुमाल निर्वाचित भएका छन ।

शनिबार सम्पन्न चौथौ जिल्ला अधिवेशनमा भएको चुनावबाट आलोकका प्रतिस्पर्धी व्यास नगरपालिकाका छबिलाल कुमाललाई फराकिलो मतान्तरले पराजित गर्दै ६३ मत सहित आलोक जिल्ला अध्यक्षमा पुनः निर्वाचित भएका हुन । छबिलाल कुमालले १२ मत प्राप्त गरेका थिए ।

यस्तै उपाध्यक्षमा दिपक कुमाल निर्वाचित भएका छन । उनले घिरिङ गाउँपालिकाका छबिलाल कुमाललाई फराकिलो मतान्तरले पराजित गर्दै ५७ मत सहित उपाध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ । घिरिङका छबिले १८ मत प्राप्त गरेका थिए।

कुमाल समाज नेपालका सचिवद्धय मदन कुमाल र शिव कुमालले निर्वाचन मण्डलको भूमिकामा रहेका थिए ।

जिल्लाका स्थानिय तह अन्तरगतका कुमाल नगर समिति र जिल्ला पदाधिकारी गरी चुनावमा कुल ७५ जनाले मतदान गरेका थिए ।

चौथौ अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका-८ किमलडाँडामा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति गठन गरेको हो ।

महिला उपाध्यक्ष्यहरुमा मार्टिना कुमाल र रिता कुमाल सर्वसम्मत चयन भएका छन् । भने सचिवमा सीता कुमाल , सहसचिवमा चित्र बहादुर कुमाल, कोषाध्यक्षमा धन बहादुर कुमाल रहेका छन् ।

यस्तैगरी सदस्यहरुमा ईना माया कुमाल, सोम बहादुर कुमाल, सविता कुमाल, रजनी कुमाल, बसन्ती कुमाल, भिम बहादुर कुमाल, सँगीता कुमाल र भरतमोहन कुमाल सर्वसम्मत चयन भएको नवनिर्वाचित जिल्ला उपाध्यक्ष रिता कुमालले बताए ।

अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै कुमाल समाज नेपालका केन्द्रीय अध्यक्ष तेल बहादुर कुमाल विशालले भाषा सँरक्षणमा एकजुट हुनुपर्ने बताए ।

कार्यक्रमको प्रमुख अतिथि कुमालले पछिल्लो समय कुमाल समुदायको भाषा, धर्म, सँस्कार, सँस्कृति लोप हुँदै गइरहेकाले यसको सँरक्षणमा कुमाल समुदायमा फुट नभइ एकताबद्ध हुँदै सँरक्षणमा जोड दिनुपर्ने बताए ।

यस्तैगरी उनले कुमाल समुदायको हकहित र अधिकार प्राप्तीका लागि सदैव लागि पर्ने समेत बताए ।

कार्यक्रममा कुमाल समुदायका विभिन्न परम्परागत मौलिक नाच प्रस्तुतीका साथै कुमाल समाजका सँस्थापक २१ जना अग्रज व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *