तनहुँ ट्राफिकद्वारा विद्यार्थीलाई ट्राफिक सचेतना

Byखवरबाटिका

२४ फाल्गुन २०८०, बिहीबार २०:२० २४ फाल्गुन २०८०, बिहीबार २०:२० २४ फाल्गुन २०८०, बिहीबार २०:२०

दमौली । जिल्ला ट्राफिक प्रहरी कार्यलय तनहुँले विद्यार्थीलाई ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण दिएको छ ।

तनहुँको जिल्ला व्यास-५ चापाघाटमा रहेको शान्ति वर्ष अङ्ग्रेजी बोर्डिङ स्कुलमा अध्यानरत कक्षा ८, ९ र १० का विद्यार्थीलाई प्रशिक्षण गराईएको हो ।

विद्यार्थीहरुलाई ट्राफिक प्रहरी भनेको के हो, सडकमा हिड्दा, सडक पार गर्दा, बस चढ्दा वा ओराल्दा, सवारी साधनमा यात्रा गर्दा , सडक यात्रा गर्दा सुरक्षित कसरी हुने लगायतका विषयमा प्रशिक्षाण गराईएको जिल्ला ट्राफिक प्रहरी कार्यलय तनहुँका प्रमुख प्रहरी नायव निरीक्षक सन्तोष पौडेलले जानकारी दिए । उनले जिल्लमा रहेका विद्यालयहरुमा विद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम गर्ने योजना रहेको बताए ।

बालबालिकाले ट्राफिक नियमको पालना नगर्ने, अभिभावकले पुर्ण रुपमा सचेत नगराउने र विद्यार्थीहरु सवारी दुर्घटना पर्ने जस्ता समस्या देखिएपछी विद्यार्थीहरु सजक रहुन भन्ने उद्धेश्यले ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण गराईएको विद्यालयका प्रअ उदित पौडेलले बताए ।

कार्यक्रममा विद्यालयका करिब ८० जना भन्दाबढि विद्यार्थी सहभागि रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *