व्यास नगरपालिकाको मेयरको मत गणना तत्काल नगर्न उच्च अदालतको आदेश

Byखवरबाटिका

१ असार २०८१, शुक्रबार १८:३३ १ असार २०८१, शुक्रबार १८:३३ १ असार २०८१, शुक्रबार १८:३३

पोखरा । तनहुँको व्यास नगरपालिकाको असार २ गते पुन: मतगणना नहुने भएको छ ।

उच्च अदालत पोखराले असार २ हुने भनिएको मतगणना स्थगित गर्न आदेश दिएको हो ।

फैसलाको पुनरावेदनका लागी सर्वोच्च अदालतमा पुगेको भन्दै सो मुद्दा किनारा नलागेसम्म पुनः मत गणना स्थगित गर्न उच्च अदालत पोखराले आदेश दिएको हो ।

मेयर वैकुण्ठ नाथ न्यौपानेले केही दिनअघि सर्वोच्चमा पुनरावेदनका लागि निवेदन दिएका थिए । सर्वोच्चमा हेर्न नभ्याइनेमा राखेपछि उनले उच्च अदालतमा निवेदन दिएका थिए।

तनहुँको व्यास नगरपालिकाको मेयरको पुनः मतगणना गर्न जेठ १ गते उच्च अदालत पोखराले आदेश दिएको थियो।

उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले पुनः मतगणना गर्न फैसला गरेको थियो ।

फैसलामा असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना अदालतले आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *