दमौलीलाई लागुपदार्थ दुव्र्यसनी मुक्त क्षेत्र बनाउन टोलवासीलाई सचेतना

Byखवरबाटिका

१७ असार २०८१, आईतवार १७:११ १७ असार २०८१, आईतवार १७:११ १७ असार २०८१, आईतवार १७:११

दमौली । तनहुँको व्यास नगरपालिकाको दमौली बजार क्षेत्रलाई लागु पदार्थ दुव्र्यसनी मुक्त क्षेत्र बनाउन शनिबार टोलवासीलाई सचेतना तालिम प्रदान गरिएको छ ।
व्यास नगरपालिका २ दमौलीस्थित सगुन मल्टिमिडिया प्रा.लि.को आयोजना र व्यास नगरपालिका २ नम्बर वडा कार्यालयको सहयोगमा बागबजार सामुदायिक भवनमा आयोजित तालिममा बोल्दै व्यास नगरपालिका २ नंम्बर वडा अध्यक्ष काशिराम श्रेष्ठले आफ्नो वडालाई लागु पदार्थ दुव्र्यसनी मुक्त क्षेत्र बनाउन सबै टोलवासीको रचनात्मक सहयोग आवश्यक रहेको बताए ।

प्रहरी र नागरिक विचको सहकार्यले लागुपदार्थ दुव्र्यसनी न्युनिकरण गर्न सघाउ पुग्ने भएपनि आफ्ना बालबालिकाको बारेमा अभिभावक जानकार हुन आवश्यक रहेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

तालिममा तनहुँका प्रहरी नायव उपरिक्षक दिपककुमार रायले समाजमा शंकास्पद गतिविधि देखिए आफूहरुलाई खवर गर्न समेत आग्रह गरे । प्रशिक्षणको क्रममा प्रहरी नायव उपरिक्षक राय र प्रहरी निरिक्षक दिलिपकुमार हुमागाईले दुव्र्यसनीको लक्षण, गतिविधि र कानुनी प्रावधानको बारेमा जानकारी दिएका थिए ।

तालिममा वडा सदस्य सुरेश वाग्लेले दुव्र्यसनी विरुद्ध सबै नागरिक सक्रिय भई अभियानमा जुट्नुपर्नेमा जोड दिएका थिए । अर्का वडा सदस्य जगतबहादुर क्षेत्रीले लागुपदार्थ दुव्र्यसनी समाजमा बढ्दै जानु दुखद् भएकोले न्युनिकरणको लागि सबै अग्रसर हुनुपर्ने बताए ।

समुदायमा दुव्र्यसनी निगरानी गर्ने मुख्य दायित्व महिलाहरुको भएकोले आफ्ना बालबालिकाको रेखदेख र साथीसंगतीको बारेमा महिलाहरु सचेत हुनुपर्ने महिला उद्यमी संघ नेपालकी केन्द्रिय सदस्य निर्मला मल्लले बताईन् ।

प्रशिक्षणको क्रममा पत्रकारहरु शंकरराज नहर्की र पूर्ण विकेले लागुपदार्थ दुव्र्यसनीले परिवार र समाजमा पु¥याउने असरको बारेमा प्रकाश पारेका थिए । तालिममा सहभागी टोल विकास संस्था, आमा समुहका अध्यक्ष, विद्यार्थी लगायतले लागुपदार्थ दुव्र्यसनी विरुद्ध लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *