तनहुँ दमौलीकी करुणा राउत मिस नेपालको टप १० मा छनोट

Byखवरबाटिका

२५ असार २०८१, सोमबार ००:०१ २५ असार २०८१, सोमबार ००:०१ २५ असार २०८१, सोमबार ००:०१

दमौली । मिस नेपाल २०२४ को टप १० मा तनहुँ दमौलीकी करुणा राउत छनोट भएकी छन् । भोटको आधारमा राउत प्रतियोगिताको दोस्रो चरणमा टप १० मा छनोट भएकी हुन् ।

भोटिङ प्रकृया जारी रहेकाले अझै भोटको अपेक्षा गरेको राउतले उल्लेख गरेकी छन् । टप १० मा पुर्याउन सहयोग गर्ने सबैप्रति उनले आभार व्यक्त गरिन् ।

१५ वर्षको उमेरमै मोडलिङमा प्रवेश गरेकी उनी यसअघि मिस एसएलसी पोखरा-२०१४ की रनरअप समेत हुन् । सिड्नीबाट ब्याचलर्स अफ नर्सिङ अध्ययन गरेकी करुणाले सन् २०२० देखि नर्सिङ क्षेत्रमा सक्रिय रहँदै आएकी छन् ।

उनीसँग अस्ट्रेलियाको सांसदले सञ्चालन गर्ने ‘नेशनल लिडरसिप फोरम’मा सहभागी भएको अनुभव समेत छ । उनले मिस वर्ल्ड अस्ट्रेलियाको फाइनलमा रकी गादरकोल शो मोडलको रूपमा र्‍याम्प वाक प्रदर्शन गरेकी थिइन् ।

विभिन्न सार्वजनिक कार्यक्रमको उद्घोषण समेत गर्ने गरेकी रावत मिस ग्ल्यामर लुक अष्ट्रेलिया २०१९ को टप ५ मा समेत उनी छनोट भएकी थिइन् ।

वेस्टर्न सिड्नी विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूको कार्यक्रम संयोजकको भूमिकामा रहेर काम गरेकी उनीसँग बूमटाउन शिखर सम्मेलनमा सहभागी भएको अनुभव पनि छ ।

सामाजिक कामहरूमा सक्रिय रावतले मानसिक स्वास्थ्य, लागूपदार्थ र मदिरा दुर्व्यसनी रोक्नका लागि समेत काम गर्दै आएकी छन् । राउतले राष्ट्रिय नेतृत्व मञ्च, प्रतिनिधि २०२२, अस्ट्रेलियामा युवा नेताका रूपमा छनोट भई संसद् भवनमा ३ दिनसम्म नेपालको प्रतिनिधित्व गरेकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *