भानु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकलाई दुधमा प्रतिलिटर ३ रुपैया अनुदान

Byखवरबाटिका

२८ असार २०८१, बिहीबार १४:१९ २८ असार २०८१, बिहीबार १४:१९ २८ असार २०८१, बिहीबार १४:१९

भानु । तनहुँको भानु नगरपालिकाले कृषकलाई प्रति लिटर दुधमा प्रतिलिटर ३ रुपैया अनुदान दिएको छ । आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेट मार्फत दुधमा आत्मनिर्भर बनाउन दुग्ध प्रवर्द्दन कार्यक्रम अन्तरगत नगरपालिकाले उत्पादनमा आधारित अनुदान उपलब्ध गराएकाे हाे ।

भानु नगरपालिकाले प्रगति दुग्ध उत्पादक सहकारी संस्था भानु-८ बगाले र कालिका दुग्ध उत्पादक सहकारी सं.लि भानु-९ अर्चलधारा विच सम्झौता भएर अनुदान उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए ।

स्थानीय प्रगती दुग्ध उत्पादक सहकारी संस्था र कालिका दुग्ध उत्पादक सहकारीले उपलब्ध गराएको विवरणको आधारमा नगरपालिकाले प्रति लिटर दुधमा ३ रुपैया उपलब्ध गराएको उहाँले जानकारी दिए । दुई सहकारीमा आवद्ध रहेर दूध बिक्री गर्ने किसानहरुका लागि ४ लाख २० हजार रुपैंया उपलब्ध गराईएकाे पशु सेवा प्राबिधिक अमित ढुंगानाले जानकारी दिए ।

सहकारीले नगरपालिका संगको सम्झौता अनुसार सहकारी संस्थाले हरेका एक महिनामा दुई पटक संकलित दुधको विवरण भानु नगरपालिकालाई उपलब्ध गराउने छ । दुधको मुल्य नेपाल सरकारले तोकेको फ्याट र एसएनएफको आधारमा निर्धारण हुने गरेकाे छ ।

नगरप्रमुख आनन्दराज त्रिपाठीले भानु नगरपालिकालाइ दुधमा आत्मानिर्भर बनाउन र उत्पादनका आधारमा कृषकलाइ अनुदान दिँदा कृषक पनि उत्साहित हुने र युवा पुस्तामा कृषि फर्महरु सञ्चालन गर्न प्राेत्साहन हुने विश्वास व्यक्त गरे । उनले भानु नगरपालिकाबाट आगामी आर्थिक वर्षमा गाई पालन गर्ने कृषकलाइ अधिकतम ५० हजार रुपैया सम्म सहयोग अनुदान दिने पनि जानकारी उनले दिए ।

स्वदेशमै बस्ने युवा र विदेशबाट फर्केका युवाहरुको आकर्षण गर्न नगरपालिकाले बजार व्यवस्थापनको ग्यारेन्टी संगै औषधि, विमा र सडक व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको नगर उपप्रमुख उमा गोतामेले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box