दमौली । लेदोमा सवारीसाधन फसेपछि पृथ्वीराजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ६ मौरीओढारमा सडकमा जम्मा भएको लेदोमा सवारीसाधन फसेपछि राजमार्ग अवरुद्व भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सडकमा अवरोध भएपछि पोखरातर्फ जाने र पोखरालगायतका ठाउँबाट अन्यत्र गन्तव्यमा हिँडेका सयौँ सवारीसाधान अलपत्र परेका छन् ।
जेसीबीसहित प्रहरी टोली घटनास्थलमा जाने क्रममा रहेको प्रहरीले जनाएको छ ।
यतिबेला तनहुँको दमौली र आसपासमा भारी वर्षा भईरहेको छ ।