मुग्लिन–नारायणगढ सडकखण्डको सिमतालमा पहिरोले दुईवटा बस पुर्‍यो, केही यात्रु बेपत्ता

Byखवरबाटिका

२९ असार २०८१, शुक्रबार ०७:०७ २९ असार २०८१, शुक्रबार ०७:०७ २९ असार २०८१, शुक्रबार ०७:०७

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई पुरेको छ । केही यात्रुहरु समेत बेपत्ता छन् ।

वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोले पुरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले कति यात्रु बेपत्ता छन् भन्ने नखुलेको जनाएको छ ।

७५ जनाको प्रहरी टोली खटीई खोजतलास भइरहेकोजिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box