बन्दिपुर हिलमा सोमबार वोलबम मेला हुने

Byखवरबाटिका

६ श्रावण २०८१, आईतवार २०:२९ ६ श्रावण २०८१, आईतवार २०:२९ ६ श्रावण २०८१, आईतवार २०:२९

डुम्रे । पर्यटन पूर्वाधारयुक्त केवलकार परियोजना बन्दिपुरहिलले साउनको पहिलो सोमबारको अवसरमा भोलि वोलबम मेला आयोजना गरिएको छ ।

बन्दिपुरहिलमा साउन महिनालाई “शिव महिम्नाहा उत्सव” मनाउने योजना अनुसार साउन ७ गते सोमबार बृहत वोलबम मेला आयोजना गरिएको हो ।

वोलबम मेलामा भक्तजनहरुका लागि पैदल तथा रोप यात्राको कार्यक्रम रहेको छ ।

वोलवम कार्यक्रम बिहान ८ बजे मस्र्याङ्गदी नदीमा पुजा आराधना तथा आरती गरि सुरु हुनेछ ।

नदी पुजन पछि नदीको जल लिएर केवलकार चोकमा चट्टानबाट बनेको सिद्धेश्वर महादेव रुद्राभिषेक तथा पुजा आरधना गर्ने कार्यक्रम रहेको छ ।

साथै भक्तजनहरुले केलबकार प्राङ्गणमा रहेका ३३ कोटी देवी देवताको मुर्तिको दर्शन,शिवजीको विराट ध्यानमग्न मुर्तिको स्वरुप दर्शनको अवसर पाउनेछन् ।

त्यसैगरी भजन किर्तन केवलकार सवार गराई माँ खड्गदेवी मन्दिर परिक्रमा गराउने र बन्दिपुरको तिनधारा स्थित महादेवको ज्योर्तिलिङ्गको रुद्राभिषेक गर्ने कार्यक्रम रहेको छ । त्यहाँ पुजा आरधना गरि बृहत धार्मिक सांस्कृतिक कार्यक्रम सहित फर्केर पुनः माँ खड्गदेवी मन्दिरमा विशेष पुजा आरधना गरि केवलकार मार्फत बटम स्टेशनमा फर्किने कार्यक्रम रहेको छ ।

बेलुका विशेष सन्ध्या आरती गरि वोलबम कार्यक्रम समापन हुनेछ ।

वोलबमको दिन बिहान ९ बजेदेखि ११बजे सम्म बोलबलमा सहभागी तिर्थ यात्रीहरुले मात्र २ सयमा केबलकारको यात्रा गर्न पाउनेछन् ।

धेरै भन्दा धेरै भक्तजनहरुलाई वोलबम मेलामा सहभागी हुने अवसर प्रदान गर्न न्युनतम दरमा टिकट दिने निर्णय गरिएको शिव महिम्नाहा उत्सव आयोजक समितिका संयोजक किरण पोख्रेलले जानकारी दिए ।

“शिव महिम्नाहा उत्सव” अरु दिनहरुमा पनि विशेष अफर ल्याइएको कम्पनीले जनाएको छ । साउन महिनाभरि केवलकारको टिकट रु.पाँच सय राखिएको छ जसमा भक्तजनहरुले तीन सय मुल्य बराबरको सात्विक भोजन “खिर पुरी भाजी” थाली निःशुल्क लाभ लिन सक्नेछन् ।

कम्पनीले भगवान् शिवजीको आराधना गर्ने महिनाको अवसर पारेर श्रावण १ गते देखि ३२ गते सम्म विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रम संचालन गर्दै आएको छ ।

श्रावण महिनाका प्रत्येक दिन साँझमा बन्दिपुरहिलको बटम स्टेशन परिसरमा रहेको सिद्धेश्वर महादेव अगाडि शिव सन्ध्या आरती भइरहेको छ । “शिव महिम्नाहा उत्सव” आयोजक समितिका संयोजक किरण पोख्रेलले जानकारी दिए ।

आर्थिक लाभ भन्दा पनि स्थानीयले धार्मिक लाभ उठाउन सकुन् भन्ने उद्देश्यले एक महिना विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजना समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *