दमौली । तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ देउरालीनगर स्थित सेतीमादी सामुदायिक बन परिसर क्षेत्रमा खुल्ला व्यायमशाला बनाइएको छ । बढ्दो सहरीकरण सँगै खुला ठाउँको अभाव भइरहेको बेला व्यास-३ ले नागरिकलाई स्वस्थ्य बनाउन खुल्ला व्यायमशाला निर्माण गरेको व्यास-३ का अध्यक्ष अनुप रानाले जानकारी दिए ।

व्यास गुफा नजिक सेतीमादी सामुदायिक वन स्थित देउरालीनगरमा स्थापना गरिएको व्यायमशालाको सोमबार व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरे । व्यायमशालाको उद्घाटन गर्दै प्रमुख न्यौपानेले स्वस्थ्य नागरिक निर्माणको लागि खुल्ला व्ययामशालाको अवधारण अगाडि बढाउनु अत्यन्तै राम्रो भएको बताए ।

नगरप्रमुख न्यौपानेले नगरपालिकामा आवश्यक व्यायमशाला ३ नं वडाले राखेर जनचाहना अनुसार बजेट बिनियोजन गरि सन्चालनमा ल्याएको भन्दै वडाको कामको प्रशंसा गरे । उनले आगामि दिनमा पनि यस्ता आम जनताका मागलाई सम्वोधन गर्न सुझाव दिंदै पार्क र व्यायमशालको संरक्षणकाका लागि देउरालीनगर टोल, पुलचोक टोल र बुद्धपार्क टोलका बासिन्दालाइ जिम्मेवारी पुर्ण रुपमा बहन गर्न अनुरोध गरे ।

उक्त स्थानमा १६ वटा व्यायमको मेसिन राखिएको छ भने एकै पटकमा २४ जनाले व्यायम गर्न मिल्नेछ । व्यायमशालामा नि:शुल्क रुपमा व्यायाम गर्न सकिनेछ । सो व्यायमशालाको व्यवस्थापन उपभोक्ता समितिले नै गर्नेछन ।

सो व्यायमशाला व्यास नगरपालिका वडा नं ३ को आर्थिक वर्ष २०८०/०८१ को बजेट बाट १० लाख र पछि थप ३ लाख गरि कुल १३ लाखको लागतमा निर्माण गरिएको व्यास ३ का वडाअध्यक्ष अनुप रानाले जानकारी दिए ।

उक्त व्यायम सामाग्रीको १ वर्षको लागि सानिमा जिआइसि इन्स्योरेन्सबाट चोरि र टुटपुटको पुर्ण रुपमा इन्स्योरेन्स गरिएको व्यास-३ वडासदस्य दधिराज घिमिरेले जानकारी दिए ।

खुल्ला व्यायमशाला निर्माण उपभोक्ता समितिको अध्यक्ष नन्दबहादुर थापाको सभापतित्वमा व्ययामशाला उद्घाटन एवं सेतीमादी सामुदायिक वनमा वृक्षरोपण भएको थियो । उक्त कार्यक्रममा व्यास-६, ८, ९, १२ र १३ नं वडाअध्यक्षसहित कार्यपालिका सदस्यहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा व्यास-३ वडासदस्य दधिराज घिमिरेले स्वागत गरेका थिए । सो अवसरमा व्यास-९ का अध्यक्ष सुरेश थापा, सेतीमादी सामुदायिक वनका अध्यक्ष ओम बहादुर थापा, देउरालीनगर टोल समितिका अध्यक्ष मन बहादुर थापा, आमा समुहकी शिवा गिरि, निवर्तमान जिल्ला समन्वय समितिकी उपप्रमुख पबित्रा पौडेल लगाएतले सराहनीय र उदाहरणीय काम भएको र संरक्षण र दिगोपनामा ध्यान दिन सुझाव दिएका थिए । साथै आगामी दिनमा मर्मत संभार र संरक्षणमा ध्यान दिन वडा समिति र उपभोक्ता समितिलाई सुझाव समेत दिएका थिए ।

  • Beta

Beta feature

Leave a Reply

Your email address will not be published. Required fields are marked *