नेवा संस्कृति संरक्षणको लागी कलेस्तीमा बासुरी र मादल बजाउने तालिम सम्पन्न

Byखवरबाटिका

२६ श्रावण २०८१, शनिबार २३:११ २६ श्रावण २०८१, शनिबार २३:११ २६ श्रावण २०८१, शनिबार २३:११

दमौली । नेवा संस्कार एवं संस्कृति प्रवर्द्धन र संरक्षणको उद्देश्यका साथ व्यास-७  कलेस्तीमा बाजा  बासुरी, मादल बजाउने तालिम सम्पन्न भएको छ ।

नेवारी संस्कृतिको मौलिकता जगेर्ना गर्दै यसतर्फ युवाहरूको आकर्षण अभिवृद्धि गर्न नेवा खल कलेस्तीले सो तालिम दिएको हो । उक्त तालिम एक महिना सम्म भएको थियो ।

नेवा संस्कार, संस्कृति प्रवद्धन र संरक्षणको लागि १२ जना युवालाई कलेस्तीमै पहिलो पटक धिमे र ट्याकटुकेको तालिम प्रशिक्षक कुशल श्रेष्ठ र प्रज्वल श्रेष्ठले दिएका हुन ।

बासुरी र मादल बजाउने तालिम प्रशिक्षक ओम प्रकाश श्रेष्ठले दिएका हुन ।

कुनै न कुनै जात्रा, उत्सव, चाडपर्व, मेला, गुठी, नाचगान आदि भईरहने हुनाले हाम्रो संस्कृति प्रवद्धन र संरक्षणको लागि र युवा पुस्तालाई हस्तान्तरण गर्न तालिम दिनु आवश्यक ठानी तालिमको आयोजना गरेको नेवा खल कलेस्तीका अध्यक्ष शम्भु लाल प्रधानले जानकारी दिए ।

  • Beta

Beta feature

Leave a Reply

Your email address will not be published. Required fields are marked *