आँधीमुल नेपाली कल्याण समाजद्वारा विद्यार्थीलाई सम्मान

Byखवरबाटिका

२७ श्रावण २०८१, आईतवार १४:१२ २७ श्रावण २०८१, आईतवार १४:१२ २७ श्रावण २०८१, आईतवार १४:१२

दमौली । आँधीमुल नेपाली कल्याण समाजले विद्यार्थीलाई सम्मान गरेको छ । आँबुखैरेनी गाउँपालिकाको वडा नं. १ बाट शैक्षिक वर्ष २०८० मा एसईई, कक्षा १२ तथा प्राविधिक विषयमा डिप्लोमा गरेका विद्यार्थीहरुलाई सम्मान आँधीमूल नेपाली कल्याण समाजका अध्यक्ष थमान सिं नेपालीले जानकारी दिए ।

कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान प्रमुख आतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चुमानले दलित सशक्तिकरणमा जनयुद्धको भूमिका रहेको र यस्ता उत्साहपुर्ण कार्यक्रममा आफ्नो सधैं साथ रहेको बताए ।

सो कार्यक्रममा एसईइ उतिर्ण ५ जना, कक्षा १२ उतिर्ण ११ जना तथा कृषि डिप्लोमा (बाली विज्ञान)बाट ३ जना गरी जम्मा १९ जनालाई सम्मान गरिएको थियो ।

आँबुखैरेनी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष प्रेम गुरुङ विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा जुना कोइरलाले स्वागत मन्तव्य दिँदै सम्मानित हुने छात्रछात्राबाट समाज परिवर्तनको ठुलो अपेक्षा रहेको बताए ।

सो कार्यक्रममा बाबुराम नेपालीले भेदभाव विरुद्ध आवाज बुलन्द गर्न हिच्किचाउन नहुने बताए ।

कार्यक्रममा अकला मा बि का शिक्षक काजीराम परियार, सुर्योदय आ. बि. का शिक्षिका बिन्दा कोइरला, मित्रता मा बि का प्र. अ. सुरेन्द्र बोगटी, पालुङ्गटार न. पा. वडा नं ८ का वडाध्यक्ष होप बहादुर नेपाली, आँबुखैरेनी दलित वर्ग गाउँ समन्वय समितिका राम बि.क., पूर्व वडाध्यक्ष बीर बहादुर बि.क., आँधीमूल नेपाल कल्याण समितिका पूर्वअध्यक्ष कृष्ण पुर्कोटी लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रमको संचालन शुशिला नेपालीले गरेकी थिइन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *