अखिल क्रान्तिकारी आदिकवि भानुभक्तद्वारा हस्ताक्षर संकलन, क्याम्पस समक्ष चार बुँदे माग

Byखवरबाटिका

२९ श्रावण २०८१, मंगलवार १२:३१ २९ श्रावण २०८१, मंगलवार १२:३१ २९ श्रावण २०८१, मंगलवार १२:३१

दमौली । अखिल क्रान्तिकारी आदिकवि भानुभक्त क्याम्पस इकाई समितिले विद्यार्थीको माग सहितको हस्ताक्षर संकलन गरेको छ ।

साथै उनिहरुले क्याम्पस समक्ष चार बुँदे माग राखेका छन ।

जसमा मासिक शुल्कमा ८ गतेदेखि १५ गतेसम्म ५ प्रतिशत र १६ गतेदेखि १० प्रतिशत शुल्क तत्काललाई खारेज गर्न माग गरिएको अखिल क्रान्तिकारी आदिकवि भानुभक्त क्याम्पस इकाई समितिकी अध्यक्ष प्रमिशा शाही ठकुरीले बताईन ।

भर्ना हुनेवित्तिकै विद्यार्थीले छात्रवृत्तिको फर्म भर्न पाउने व्यवस्था लागु गर्न समेत अर्को माग राखेका छन ।

यस्तै शेनेटरी प्याड महिला शौचालयमा मेसिन सहित व्यवस्थित ढंगबाट उपलब्ध गराउन माग राखिएको समितीकी सचिव क्रमिता रानाले जानकारी दिइन ।

त्यस्तै शौचालयलाई छिटो भन्दा छिटो दुर्गन्ध मुक्त बनाई सफा र स्वच्छ राख्न समेत उनिहरुको माग छ ।

हस्ताक्षर संकलन गरी प्रेस विज्ञप्ति क्याम्पस प्रमुखलाई बुझाउने आदिकवि भानुभक्त क्याम्पस इकाइ समिति (अखिल क्रान्तिकारी)का इन्चार्ज निर्दोश भट्टराईले जानकारि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *