दमौली । जेसिआई व्यासनगरले आयोजना गरेको ‘व्यास नगर साइनिङ स्टार–२०२४’ को उपाधिबाट सलिस्मा जिसी विजयी भएकी छिन् । शनिबार राति सम्पन्न प्रतियोगितामा सहभागी १९ प्रतिस्पर्धीलाई पछि पार्दै जिसीले उक्त उपाधि चुमेकी हुन् । उनि व्यास-४ सिमलटार स्थित रामज्योती बोर्डिङ्ग स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन ।

यस्तै फस्ट रनरअप सगुन पौडेल भईन भने सेकेण्ड रनरअप समृद्धि आचार्य भएकी छिन ।

उपाधि चुम्न सफल जिसीले रू २५ हजार २४ नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेकी छिन् । फस्ट रनरअप बन्दै पौडेलले रू १५ हजार २४ र सेकेण्ड रनरअप बन्दै आचार्यले रू १० हजार २४ प्राप्त गरेका छन् ।

त्यस्तै वेष्ट प्राश्नालिटि अवार्ड कृष्पा श्रेष्ठ, वेष्ट र्याम्प वाक अवार्ड ससिता केसी, वेस्ट स्माइल अवार्ड सृष्टि थापा, वेस्ट ट्यालेन्ट अवार्ड संस्कार खाण ठकुरी, वेस्ट ड्रेस अवार्ड सरिश्मा गुरुङ, मस्ट डिसिपिलिन अवार्ड सलिस्मा जिसी, भ्युअर चोइस अवार्ड आर्यान कार्की, वेस्ट प्रोजेक्ट वर्क अवार्ड युशिका थापा मगर, वेस्ट कन्ट्रीव्युसन अवार्ड विनिशा श्रेष्ठ र वेस्ट फोटोजेनिक अवार्ड इलिशा थापा मगरले प्राप्त गरेको जेसिआई व्यासनगरले जनाएको छ ।

विजयी प्रतियोगीलाई गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठ, नगरप्रमुख वैकुण्ठ न्यौपाने, जेसिआई व्यास नगरका अध्यक्ष नविन पुरी लगायतकाले पुरस्कार प्रदान गरेका थिए । उक्त कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे रहेका थिए ।

व्यास नगर क्षेत्रका ९ देखि १५ वर्ष भित्रका बालबालिकाहरुको प्रतिभा प्रष्फुटनको उत्कृष्ट प्लाटफर्मको रुपमा पहिचान बनाएको कार्यक्रम ‘व्यास नगर साइनिङ्ग स्टार’को दशौँ संस्करणको अडिसनको गत साउन ११ र १२ गते व्यास ४ स्थित कन्काई ग्लोबल एकेडमीमा आयोजना गरिएको थियो ।

अडिसनबाट छनोट भएका २० जना बालबालिकाहरुलाई एक महिनासम्म विभिन्न विधाका प्रशिक्षण र तालिम प्रदान गरि अन्तिम प्रतिस्पर्धा (फिनाले) गरिएको
संस्थाका अध्यक्ष नविन पुरीले जानकारी दिए । सामाजिक क्षेत्रमा क्रियाशील बन्दै आएको जेसिआईले बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि यस किसिमको प्रतियोगिता आयोजना गर्दै आएको उनले बताए ।

मुल आयोजक समितिका संयोजक पुर्ण विकका अनुसार एक महिने प्रशिक्षण, तालिम र विभिन्न अवलोकन भ्रमण गराएपछि अन्तिममा ४ जना निर्णायकहरुको निर्णयबाट उत्कृष्ट प्रतिभा व्यास नगर साइनिङ्ग स्टार घोषणा भएको उनले जानकारी दिए ।

बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउँदै व्यक्तित्व र नेतृत्व विकास, शारीरिक तन्दुरुस्ती, कला संस्कृति लगायत विविध समसामयिक विषयको ज्ञान प्रदान गर्ने उद्देश्य राखेर जेसीआई व्यास नगरले सन् २०१३ देखि निरन्तर व्यास नगर साइनिङ स्टार प्रतियोगिता आयोजना गर्दै आइरहेको पूर्व अध्यक्ष श्रीकृष्ण सुनारले जानकारी दिए ।

 

  • Beta

Beta feature

Leave a Reply

Your email address will not be published. Required fields are marked *