इन्टर्‍याक्ट रामज्योतिद्वारा सिन्धुका बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण

Byखवरबाटिका

१५ भाद्र २०८१, शनिबार १९:२८ १५ भाद्र २०८१, शनिबार १९:२८ १५ भाद्र २०८१, शनिबार १९:२८
दमौली । इन्टर्‍याक्ट क्लब अफ रामज्योतीले सिन्धु आधारभूत विद्यालयका बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरेको छ ।
तनहुँको व्यास नगरपालिका वडा नं. ५ साँगे सेरामा संस्थागत विद्यालयमा स्थापित क्लवले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पोशाक उपलब्ध गराएको हो ।
इन्ट्याक्ट क्लब अफ रामज्योतिले सिन्धुका बौद्धिक अपात्रता भएका र अल्पसंख्यक कुमाल जातिका ४५ जना बालबालिकाहरुलाई विद्यालय पोशाक सहयोग गरेको हो ।
सामुदायिक र संस्थागत विद्यालयहरुको सम्बन्ध सुदृढ गराउने उद्देश्यले पोशाक उपलब्ध गराएको क्लबले जनाएको छ ।
रामज्योति बोर्डिङ स्कुलमा स्थापना गरिएको सो क्लवमा आवद्ध विद्यार्थीहरुबाट संकलित रकमबाट पोशाक वितरण गरिएको हो । सो कार्यक्रममा व्यास ५ का वडाअध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले यस्ता कार्यक्रमले नीजि र सरकारी विद्यालयका विद्यार्थीहरुमा एकता गराई शैक्षिक सुधारमा सहयोग पुग्ने बताए ।
रामज्योति बोर्डिङ स्कुलकी अध्यक्ष बसुन्धरा घर्तिले सामुदायिक र संस्थागत विद्यालयहरुको सम्बन्ध सुदृढ गराई भाइचाराको सम्बन्ध बढाउन सो कार्यक्रम आयोजना गरिएको बताइन् ।
कार्यक्रममा रामज्योति बोर्डिङ स्कुलका प्रिन्सिपल विपिन गौली, व्यास नगर साइनिङ स्टार २०२४ की विजेता सलिष्मा जिसी, रोटरी क्लब दमौलीका अध्यक्ष जीवन श्रेष्ठ, सिन्धुकी अध्यक्ष विमला कुमाल, प्रधानाध्यापक मदन वाग्ले, सहायक प्रअ ताराबहादुर थापा लगायतकाले यस्ता कार्यक्रमले शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताएका थिए । विद्यालय पोशाक पाउँदा विद्यार्थीहरु निकै उत्साहित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *