बन्दिपुरमा आयोजित तीज सप्ताहन्न उत्सवको महानायक राजेश हमालद्वारा उद्घाटन

Byखवरबाटिका

१५ भाद्र २०८१, शनिबार २३:१४ १५ भाद्र २०८१, शनिबार २३:१४ १५ भाद्र २०८१, शनिबार २३:१४

बन्दिपुर । पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा शनिबारबाट आयोजित तीज सप्ताहन्न उत्सव–२०८१ को महानायक राजेश हमालले उद्घाटन गरेका छन् ।

तनहुँ जिल्लामै सर्वाधिक पुरस्कार रासीको साताव्यापी तीज गीत प्रतियोगिता हुने उक्त तीज सप्ताहन्न उत्सवको खड्गदेवी मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रमको महानायक हमालले उद्घाटन गरेका थिए ।

उक्त उत्सव अन्तर्गत भदौ २२ गतेसम्म साताव्यापी तीज गीत प्रतियोगिता हुने भएको छ । बन्दिपुरलाई देश भित्र मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि परिचित गराउने मुख्य उद्देश्यले तीज सप्ताहन्न उत्सव आयोजना गरिएको कार्यक्रमका संयोजक एवं बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेका प्रबन्ध निर्देशक किरण पोख्रेलले बताए ।

बन्दिपुर गाउँपालिका मुख्य संरक्षक रहेको उक्त प्रतियोगिता बन्दिपुरमा क्रियाशिल संघ संस्थाहरु बन्दिपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ बन्दिपुर, उद्योग वाणिज्य संघ बन्दिपुर इकाई, रेवान जिल्ला एसोसियसन, बन्दिपुर गाउँपालिका पर्यटन एवं संस्कृति शाखा, सामुदायिक होमस्टे महासंघ बन्दिपुर, आरकेडी महिला उद्यमशिल क्लव तथा बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको संयुक्त आयोजक रहेका छन् ।

उक्त साताव्यापी कार्यक्रम अन्तर्गत हरेक दिन बन्दिपुरका विभिन्न जात जातीका सांस्कृतिक झाँकीहरु तथा विभिन्न आमा समुह, युवा क्लव, विद्यार्थी तथा प्रतिभाहरु प्रस्तुत हुनेछन् ।

त्यसैगरि प्रतियोगिता अवधिभर हरेक दिन राष्ट्रिय स्तरका कलाकारहरु प्रजापती पराजुली, पुरुषोत्तम न्यौपाने, हरिदेवी कोईराला, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, रेशम निर्दोश, सुनीता नेपाली, शान्ति डोटेल, सीता परियार लगायत अन्य स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहनेछ ।

प्रतियोगितालाई छनौट चरण, क्वाटर फाईनल, सेमी फाईनल र फाइनलको चरण हुँदै बिजेता र उपबिजेता घोषणा गरिने उक्त कार्यक्रम अन्तर्गतको सांस्कृतिक संयोजक तुलसीराम खनालले जानकारी दिए ।

फाइनल चरणमा तीजे दोहोरी पनि सन्चालन गरिने भएको छ ।

सो प्रतियोगिताको प्रथम हुने टिमलाई १ लाख १ हजार र प्रमाणपत्र, दोश्रो हुने टिमलाई ७५ हजार, तेश्रो हुने टिमलाई ५० हजार तथा सान्त्वना हुने टिमलाई २५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक किरण पोख्रेलले जानकारी दिए ।

प्रतियोगितामा सहभागिताकोलागि ४५ टिमले नाम दर्ता गराएको जनाईएको छ ।

कार्यक्रमका मुख्य संरक्षक एवं बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा महानायक हमालले बन्दिपुर नेपालकै सुन्दर पर्यटकीय स्थल भएको र यस कार्यक्रमले बन्दिपुरको थप पहिचान दिलाउने बताए ।

प्रतियोगिता अवधिभर बन्दिपुरमा कम्तीमा २० हजार हजार बढी सांस्कृतिक पर्यटकहरू भित्र्याउने उद्देश्य राखिएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *