आबुँखैरेनीको नारीघाटमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक सुनारको मृत्यु

Byखवरबाटिका

२६ भाद्र २०८१, बुधबार १८:११ २६ भाद्र २०८१, बुधबार १८:११ २६ भाद्र २०८१, बुधबार १८:११

आबुँखैरेनी । आबुँखैरेनीमा बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको आबुँखैरेनी गाउँपालिका वडा नं. २ एक्लेफाँट बस्ने वर्ष २८ को अस्विन सुनार रहेको प्रहरीले जनाएको छ ।

उपचारको क्रममा दिउँसो ३ बजेको समयमा आबुखैरेनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बुधबार दिउँसो २ बजेको समयमा आबुँखैरेनी गाउँपालिका वडा नं. २ नारीघाट स्थित पृथ्वीराजमार्ग सडकखण्डमा काठमाण्डौबाट लमजुङ जान आउदै गरेको ग १ ख ७१४५ नं. को बस र विपरित दिशाबाट जादै गरेको बा ९१ प २४५७ नं. को मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी दिए ।

उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *