फोहोर बेचेर पैसा कमाउदै व्यास नगरपालिका

Byखवरबाटिका

१५ कार्तिक २०८१, बिहीबार १८:३० १५ कार्तिक २०८१, बिहीबार १८:३० १५ कार्तिक २०८१, बिहीबार १८:३०

दमौली । तनहुँको व्यास नगरपालिकाले फोहोरबाट आम्दानी गर्न थालेको छ । नगरपालिकाले फोहोरको रुपमा संकलन गरी पुनः प्रयोग योग्य वस्तुहरु विक्रीबाट हाल सम्म २ लाख १७ हजार ४३९ रुपैयाँ आम्दानी गरेको छ ।

नगरपालिकाले गत भदौ ८ गतेबाट फोहोरको सुक्ष्म वर्गिकरणको थालनी गरेको थियो भने । यस्तै नगरपालिकाले साउन महिनाबाट नै सिसा संकलन गर्न सुरु गरेको थियो ।

नगरपालिकाले हालसम्म पानीको बोतल तथा अन्य पेट बोतल विक्रिबाट ५६ हजार ५६८ रुपैयाँ, आल्मुनियम विक्रीबाट ६ हजार १८०, टिन विक्रीबाट १४ हजार ६२, फलाम विक्रीबाट ६ हजार २६५, कापी विक्रीबाट ५ हजार २१६, किताब विक्रीबाट ७ हजार ८४०, गत्ता विक्रीबाट ३५ हजार ३१०, टुक्रा कागजबाट १ हजार ३२० र सिसा विक्रीबाट ८४ हजार ६७७ रुपैयाँ आम्दानी भएको नगरपालिकाले जनाएको छ ।

अहिलेसम्म नगरपालिकाले सबैभन्दा पानीको बोतल २ हजार ४५९ किलो विक्री गरेको छ ।

नगरपालिकाले करिब १ लाख रुपैयाँ बराबरको एलडी, एचएम, पिपि, गुडिया लगायतका सामान विक्रीको लागि तयारी अवस्थामा रहेको जनाएको छ । उक्त सामान सबै तिहार अघि नै विक्री गरिसक्ने नगरपालिकाले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *