दमौली । तनहुँ कृषि, पर्यटन वस्तु तथा प्रविधि महोत्सव हुने भएको छ । यहि पौष २५ गतेदेखि माघ ७ गतेसम्म नवौं तनहुँ कृषि, पर्यटन वस्तु तथा प्रविधि महोत्सव हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सव तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई सहआयोजक रहेको छभने जिल्ला समन्वय समिति तनहुँ संरक्षक रहेको छ ।
प्रवर्द्धक भने नेपाल उद्योग वाणिज्य महासंघ र व्यास नगरपालिका रहेको छ । महोत्सव करिब २ लाख दर्शकले अवलोकन गर्ने र ५ करोडको कारोबार हुने तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठ मिश्रले जानकारी दिए ।
महोत्सव व्यास नगरपालिका-३, वि. पि. वनवाटिका दमौली हुनेछ । उक्त महोत्सवमा जिल्लाका अतिरिक्त छिमेकी जिल्ला कास्की, लम्जुङ्ग, गोर्खा, स्याङ्गजा, पर्वत, चितवन, नवलपरासी लगायत अन्य छिमेकी जिल्ला एवं बाह्य गरी करिब २ लाख भन्दा बढि दर्शकहरूले महोत्सव अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । महोत्सवमा दुई सय वटा स्टल रहने आयोजकले जनाएको छ ।
तनहुँलाई औद्योगिक, आर्थिक तथा सामाजिक विकास, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, यान्त्रिक उपकरण सामग्री प्रवद्र्धन प्रचार–प्रसारमा टेवा पु¥याउनुका साथै विभिन्न जातजाती, वर्ग र समुदायको बिच सद्भाव एवं भातृत्व अभिवृद्धि गरी समग्र जिल्लाको आर्थिक एवं सामाजिक विशेष टेवा पु¥याउने महोत्सवको लक्ष्य रहेको छ ।
जिल्लामा उद्योग स्थापना गर्नको लागि लगानीकर्ताहरूलाई सहजिकरण गरी तनहुँमा उद्योग स्थापना गर्न प्रोत्साहन गर्नु, व्यापार व्यवसाय स्थापना सञ्चालन एवं स्तरोन्नती गर्न सहयोग गर्नु, कृषि, पर्यटन, हस्तकला, उद्योग सम्बन्धि सीप र व्यवसायको प्रवद्र्धन गर्नु, आधुनिक एवं नयाँ प्रविधि र उपकरणबारे जानकारी गराउने महोत्सवको उद्देश्य रहेको महोत्सवका निर्देशक एवं तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।