सचिनको स्मृतिमा रोट्रयाक्टले दमौलीसहित देशभर रक्तदान कार्यक्रम गर्ने

Byखवरबाटिका

१३ मंसिर २०८१, बिहीबार १३:०३ १३ मंसिर २०८१, बिहीबार १३:०३ १३ मंसिर २०८१, बिहीबार १३:०३

दमौली । तनहुँको दमौलीसहित देशभर शनिबार र आइतबार रक्तदान कार्यक्रम हुने भएको छ ।

रोट्रयाक्ट क्लब अफ दमौलीका संस्थापक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा २२औं जिल्ला तथा ११औं राष्ट्रव्यापी स्व. रो. सचिन स्मृति रक्तदान कार्यक्रम दमौलीमा शनिबार हुन लागेको छ ।

रगत अभावमा सचिन जसरी अन्यको मृत्यु नहोस भनेर हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष रवि अधिकारीले जानकारी दिए ।

उक्त रक्तदान कार्यक्रम दमौलिसहित देशभर विभिन्न स्थानमा रोट्रयाक्ट क्लबहरुले आयोजना गरेको कार्यक्रम संयोजक सुशासन अधिकारीले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी तनहुँको प्राविधिक सहयोगमा रक्तदान गर्न लागिएको क्लवका सचिव पवन पौडेलले जानकारी दिए ।

रोट्रयाक्ट डिष्टिक ३२९२ आयोजक रहेको उक्त रक्तदान कार्यक्रमको पहलकर्ता रोट्रयाक्ट क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ काठमाण्डौ मेडिकल कलेज रहेको छ ।

देशभरका रोट्रयाक्ट क्लबहरुले होस्टका रुपमा आ-आफ्नो ठाउँमा दमौलीका सचिन कुमार श्रेष्ठ कै स्मृतिमा रक्तदान कार्यक्रम गर्ने रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष अधिकारीले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *