दमौली । स्कुल स्विटर अभियान अन्तर्गत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई जाडोको स्विटर र टोपी वितरण गरिएको छ ।
सो अभियान अविनाश पन्थ र दिवस पन्थको नेतृत्वमा सञ्चालन भएको हो ।
अभियानको क्रममा छाब्दी आधारभूत विद्यालयमा ११ थान स्विटर र ९ थान टोपी तथा मत्स्यकन्या विद्यालयमा २४ थान स्विटर वितरण गरिएको छ ।
पन्थले पछिल्लो समय विभिन्न अभियानमार्फत विपन्न तथा आर्थिक रूपमा कमजोर बालबालिकालाई सहयोग गर्दै आएका छन्।
उनको यो अभियानले जाडोका कारण विद्यालय जान समस्या झेलिरहेका बालबालिकाहरूलाई राहत पुगेको छ।