ऋषिङ्ग गाउँपालिकाले पुष ७ बाट नागरिकता सिफारिस अनलाईन बाटै गर्ने

Byखवरबाटिका

२ पुष २०८१, मंगलवार १९:१० २ पुष २०८१, मंगलवार १९:१० २ पुष २०८१, मंगलवार १९:१०

ऋषिङ्ग । तनहुँको ऋषिङ्ग गाउँपालिकाले आफ्नो डिजिटल परिवर्तन यात्रामा एउटा महत्त्वपूर्ण कदम चालेको छ ।

गाउँपालिकाले “सिसिआइएइएस एक्सटरनल मोड्युल” सम्बन्धी तालिम सम्पन्न गरेको छ ।

जसमा विभिन्न वडाका वडासचिव र सहायक कर्मचारीहरूको सहभागिता रहेको थियो। उक्त तालिम जिल्ला प्रशासन कार्यालय तनहुँको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।

सिसिआइएइएस एक्सटरनल मोड्युलले नागरिकतासम्बन्धी सिफारिस प्रक्रिया अनलाइनमार्फत सरल बनाउँदै नागरिकलाई नागरिकता प्राप्त गर्ने प्रक्रिया छिटो र प्रभावकारी बनाउने गाँउपालिकाले जनाएको छ ।

कार्यक्रममा ऋषिङ्ग गाउँपालिकाले पुष ७ गतेदेखि यो मोड्युल पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।

सो अभियानले नागरिक सेवा सुधार गर्दै प्रशासनिक झन्झट कम गर्ने, पहुँच र पारदर्शिता बढाउने लक्ष्य गाँउपालिकाले लिएको छ ।

अब सेवा प्रवाहलाई सहज बनाउने र हजारौं नागरिकलाई लाभान्वित गर्ने ऋषिङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाईले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र वितरण

ऋषिङ्ग गाउँपालिकाले दुई जनालाई राष्ट्रिय परिचयपत्र गाउँपालिकाको कार्यालयबाट नै वितरण गरेको छ ।

सो कार्यक्रममा ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले नागरिकहरूले आफ्नो स्थानीय सरकार र वडा कार्यालयहरूबाटै सेवा प्राप्त गर्न सकून् भन्ने सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box