दमौली । तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ स्थित मत्स्यकन्या आधारभूत विद्यालयमा झोला वितरण गरिएको छ ।
आर्थिक रूपमा कमजोर विद्यार्थीहरुलाई अविनाश पन्थको पहलमा २० थान विद्यालय झोला वितरण गरिएको हो ।
सामाजिक कार्यमा सक्रिय अविनाशले शिक्षा, स्वास्थ्य, र वातावरण संरक्षणजस्ता विविध विषयहरूमा केन्द्रित रहेर समुदायलाई सहयोग पुर्याउने काम गरिरहेका छन्।
पन्थले आफ्नै पहलमा विभिन्न सामाजिक अभियानहरू सञ्चालन गर्दै आएका छन्।
उनका अभियानहरूलाई प्रभावकारी बनाउन दिवस पन्थले निरन्तर साथ दिँदै आएका छन्।