लियो तनहुँद्वारा सरस्वती आधारभुत विद्यालयमा स्विटर वितरण

Byखवरबाटिका

१९ पुष २०८१, शुक्रबार २०:४० १९ पुष २०८१, शुक्रबार २०:४० १९ पुष २०८१, शुक्रबार २०:४०

दमौली । लियो क्लब अफ तनहुँले न्यानो कपडा वितरण गरेको छ । शुक्रबार क्लबले जिल्लाको व्यास-९ माझफाट स्थित सरस्वती आधारभुत विद्यालयमा न्यानो कपडा वितरण गरेको क्लबका अध्यक्ष आकाश खनालले जानकारी दिए ।

व्यास नगरपालिका वडा न ९ का वडाअध्यक्ष सुरेश थापाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको क्लबले जनाएको छ ।

उक्त कार्यक्रममा क्लबले विद्यालयमा रहेका सम्पूर्ण विद्यार्थीहरुलाई स्विटर वितरण गरेको लियो क्लब अफ तनहुँका सचिव मुकेश बिडारीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *