बन्दीपुर । युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न भएको छ । नेपाल युनेस्को संघ संस्था तथा क्लबहरुको राष्ट्रिय महासंघको आयोजना र युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सहयोग तथा बन्दीपुर युनेस्को क्लबको समन्वयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

शिक्षा, संस्कृति विज्ञान लगायतका क्षेत्रमा स्थानीय युवाहरुसँग सहकार्य गर्दे युनेस्को अभियानलाई थप विस्तारित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । विश्व परिवेशमा आएको परिवर्तनका सम्बन्धमा युनेस्कोले सम्पादन गर्दै आएका गतिविधिका बारेमा तनहुँका युनेस्को क्लबमा आवद्ध युनेस्को अभियन्ता, शिक्षक तथा युवाहरुलाई जानकारी गराउनु पनि कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ । \

कार्यक्रममा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सचिवालयकी सचिव दिब्या दवाडी (पिएचडी)ले युनेस्को अभियानलाई तल्लो तहसम्म पु¥याउन तथा युवाहरुलाई युनेस्को अभियानमा जोडन आयोगले महासंघसँग सहकार्य गरि विभिन्न ठाउँमा तालिम सञ्चालन गर्दै आएको बताइन् ।

उनले कार्यक्रममा युनेस्कोको परिचय, आदर्श, दिगो बिकासका लक्ष्यप्राप्तिमा युनेस्कोको भूमिका, नेपालमा युनेस्कोको पृष्ठिभूमि, उद्देश्य, गठन प्रक्रिया, आयोगका काम, कर्तव्य र अधिकार, आयोग अन्तर्गत कार्यकारणी समितिको गठन प्रक्रिया, समितिको काम, कर्तव्य र अधिकार, युनेस्को आयोग अन्तर्गतका विषयगत समिति र तीनको काम, कर्तव्य, आयोग अन्तर्गत कार्यकारणी समिति अन्तर्गत विशेष समितिहरुको व्यवस्था, एसोसिएट स्कुल प्रोजेक्ट नेटवर्क परिचालन, नेटवर्क संयोजकको काम कर्तव्य युनेस्को आयोगको सचिवालय, युनेस्को सम्बद्ध क्लबहरु लगायतका विषयमा जानकारी गराएकी थिइन् ।

सोही अवसरमा सचिवालयका कार्यक्रम अधिकृत पदमराज जोशीले सामाजिक मुल्य मान्यतालाई जोगाइ राख्न पुराना पुस्तामा भएको ज्ञान, सीप, प्रविधि र कला नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्ने बताए । पुस्तान्तरणले सांस्कृतिक सम्पदाको संरक्षण र सवद्र्धनमा टेवा पुग्ने बताउदै उनले यसतर्फ सरोकारवालाहरु जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे ।

त्यस्तै महासंघका उपाध्यक्ष महेश्वरप्रसाद शर्माले अर्मूत सांस्कृतिक सम्पदाको बारेमा प्रस्तुति राख्दै पहिला धार्मिक रुपमा जोडिएका अर्मूत सम्पदाहरुले अहिले वैज्ञानिक मान्यता प्राप्त गरिरहेको बताए । वर्तमान समयमा अर्मूत सांस्कृतिक सम्पदाको महत्व बढीरहेकाले अघिल्लो पुस्ताले अनुशरण गरेको मुल्य मान्यता पछिल्लो पुस्तामा हस्तान्तरण हुनुपर्ने उनले बताए । साथै उनले युनेस्को महासंघमा आवद्ध हुने प्रक्रिया, क्लब दर्ता, क्लबको लोगो तथा नामका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा महासंघका महासचिव युवराज न्यौपानेले युनेस्कोका कार्यक्रम र गतिविधि सबै स्थानीय तहमा विस्तार गर्न चाहेको बताए । सबै क्षेत्रबाट युवाहरुसँग सहकार्य गरि महासंघका गतिविधिहरुलाई स्थानीय तहसम्म पु¥याउने सोचका साथ यस्ता तालिम तथा अभिमुखीकरणहरु सञ्चालन गरिरहेको उनले बताए । शैक्षिक, सामाजिक तथा दिगो बिकासका सबै लक्ष्यसँग युनेस्कोको कार्य क्षेत्र कुनै न कुनै रुपले जोडिएको चर्चा गर्दै न्यौपानेले युनेस्कोसँगको आवद्धता युवाहरुका लागि ठुलो अवसर सिद्ध हुन सक्ने दावि गरे ।

कार्यक्रममा तनहुँका विभिन्न क्षेत्रमा कार्यरत ४० जना युवाहरुको सहभागीता रहेको बन्दीपुर युनेस्को क्लबका अध्यक्ष टिकाराम पनेरुले जानकारीले दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *