दलित समुदायको पक्षमा कलम चलाउन जरुरी : सभामुख धिताल

Byखवरबाटिका

१२ माघ २०८१, शनिबार १७:३९ १२ माघ २०८१, शनिबार १७:३९ १२ माघ २०८१, शनिबार १७:३९

बन्दिपुर । गण्डकी प्रदेशका सभामूख कृष्णप्रसाद धितालले समाजमा व्यप्त सांस्कृतिक असमानता चिर्न पत्रकारले सशक्त भूमिका खेल्नुपर्ने बताए ।

तनहुँको बन्दिपुरमा शनिबार राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सभामुख धितालले सांस्कृतिक रुपमा देखिएको असमानताले सवैभन्दा बढी दलित समुदाय पिडीत रहेको भन्दै पत्रकारले पिडीतको पक्षमा कमल चलाउनुपर्ने बताए ।

‘मानव भएर पनि दलित समुदायले मानवीय ब्यवहार नपाएको हामीले अनुभूति गरिरहेका छौँ’ उनले भने, ‘कानुनमा जे लेखिए पनि ब्यवहार अझै कमजोर भएको छ, यसलाई चिर्न पत्रकारहरुको साझा प्रयत्न अझै बढाउनुपर्छ ।’

उनले जनस्तरमा सहि र गलत समाचार छुट्टाउन पर्ने अवस्था सिर्जना भएकाले सत्य र विश्लेषण सहितको समाचार सम्प्रेषण गर्ने विषयलाई बढवा दिन आग्रह गरे । सभामुख धितालले यस्ता प्रवृती विरुद्ध ससकारले समेत ध्यान दिनुपर्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *