जेसिआइद्वारा पत्रकार आचार्य सम्मानित

Byखवरबाटिका

१२ माघ २०८१, शनिबार २१:४७ १२ माघ २०८१, शनिबार २१:४७ १२ माघ २०८१, शनिबार २१:४७

दमौली । नेपाल पत्रकार महासंघ तनहुंकी सदस्य एवं ईबाराही डटकमकी सम्पादक  सुनिता आचार्य शनिबार एक कार्यक्रमकाबीच सम्मानित भएकी छन् ।

जेसिआइ व्यास नगरको ३१औं पदस्थापना कार्यक्रमको अवसरमा आचार्यलाई सम्मानपत्र तथा नगद ५ हजार सहित सम्मान गरिएको हो ।

आचार्यलाई जेसिआइ व्यास नगरका अध्यक्ष नविन पुरीले सम्मान गरेका हुन् ।

पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील रहेको भन्दै आचार्यलाई सम्मानित गरिएको हो ।

बिगत १० बर्षदेखि पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदान तथा जेसिआइका गतिविधिलाई प्रचारप्रसारमा सहयोग गरेवापत सम्मानित गरिएको अध्यक्ष पुरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *