भानु । तनहुँको भानुमा भएको नि:शुल्क ५ दिने आँखा शिविरमा एक हजार भन्दा बढी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल चितवन, भानु नगरपालिका, लायन्स क्लब अफ नारायणगढ र आँखा उपचार केन्द्र भानु-२ तनहुँको संयुक्त आयोजनामा उक्त शिविर भएको हो ।
नि:शुल्क मोतियाबिन्दुको अप्रेशन सहित भएकोको आँखा शिविरमा माघ २० गते कालिमाटी नगरस्तरीय अस्पताल भानु नगरपालिका-१० कालिमाटीमा २ सय ४० जना सेवाग्राहीले आँखा चेकजाँच गरेका थिए ।
यस्तै माघ २१ गते सोमबार भानु नगरपालिका-१३ चन्द्रावती बजारमा एक सय ८४ जनाले चेकचाज गराएका थिए । माघ २२, २३ र २४ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र एवं आँखा उपचार केन्द्र भानु नगरपालिका-२ नारेश्वरटारमा शिविर सन्चालन गरिएको थियो ।
त्यसैगरी भानु-१० कालिमाटिमा अप्रेशन गर्नुपर्ने ३१ जना र भानु-१३ चन्द्रावतिमा अप्रेशन गर्नु पर्ने ३० जनालाई समेत ल्याइ बाँकी अन्य गरी कुल १२७ जना बिरामीको नि:शुल्क मोतियाबिन्दुको अप्रेसन गरिएको भानु नगरपालिकाले जनाएको छ ।
साथै ५०० जना भन्दा बढी आँखाको समस्या भएका व्यक्तिहरुलाई निःशुल्क चस्मा साथै विरामीहरुलाई आवश्यक औषधि वितरण गरिएको थियो । उक्त शिविरबाट अति गरिब, विपन्न, पछाडी परेका समुदाय साथै सिङ्गो नगरबासीमा प्रत्यक्ष लाभ पुगेको भानु नगरपालिकाका नगर प्रमुख आनन्द राज त्रिपाठीले बताए ।
-राजेश कार्कीको सहयोगमा
Beta feature