दमौलीका नायक समिम खानसहित पल र दीपिका स्टारर ‘मायावी’को ट्रेलर सार्वजनिक (भिडिओ)

Byखवरबाटिका

१ फाल्गुन २०८१, बिहीबार १५:२५ १ फाल्गुन २०८१, बिहीबार १५:२५ १ फाल्गुन २०८१, बिहीबार १५:२५

दमौली । तनहुँको दमौलीका नायक समिम खान, पल शाह, दीपिका प्रसाईं स्टारर रोमान्टिक ड्रामा ‘मायावी’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ ।

३ मिनेट लामो ट्रेलरको केन्द्रमा प्रेम र त्यागको कथा छ । पोखराको परिवेशमा खिचिएको फिल्म पल र दीपिकाको प्रेम वरपर घुमेको छ । प्रेममा परेको जोडीको बीचमा आउने अवरोधको कथा यसमा छ ।

दिवाकर भट्टराई निर्देशित फिल्मको ट्रेलरले भ्यालेन्टाइन्स डेको मुड जगाउने पक्का छ ।

लभस्टोरी जनराका फिल्मको निर्माणमा कमी आइरहेको बेला ‘मायावी’ले दर्शकमाझ त्यो रिक्तता पूर्ति गर्ने आशा निर्देशकले व्यक्त गरे ।

फिल्ममा प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौड्याल, रवि डंगोल लगायतको अभिनय छ ।

फिल्मको कथा, पटकथा र निर्देशक दिवाकरकै छ ।

क्रिएटिभ सिने आर्ट्स प्रालिको ब्यानरमा फिल्मको निर्माण ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तले लगानी गरेका हुन् ।

प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा मञ्जु भण्डारी, राजु पराजुली र सुमित वली सहनिर्माताको रुपमा छन् । ‘मायावी’ फागुन १४ गते प्रदर्शन तयारीमा छ ।

भिडिओ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *