दमौली । राष्ट्रिय फोटो पत्रकार समुह नेपाल तनहुँको अध्यक्षमा पत्रकार विष्णु गौतम चयन भएका छन ।
शनिबार जिल्लाको दमौलीमा सम्पन्न दोस्रो अधिवेशनले गौतमको अध्यक्षतामा ८ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ ।
समितिको उपाध्यक्षमा अस्मिता खनाल, सचिवमा माधव पौडेल, कोषाध्यक्षमा शिला वाग्ले र सहसचिवमा सागर गिरी चयन भएका छन् ।
समितिको सदस्यहरुमा श्रीहरि पौडेल, उपेन्द्र खनाल, रामबहादुर धामी चयन भएका छन् ।
समितिको सल्लाहकारमा मदन वाग्ले, शंकरराज नहर्की र ओमकार आचार्य रहेका छन् ।
यस अघि अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय फोटो पत्रकार समुह नेपालका अध्यक्ष प्रदिप राज वन्तले फोटो पत्रकारिताहरुले विश्वसनीयता कायम राख्न सक्नु पर्ने बताए ।
सत्य र तथ्यपरक फोटोहरु पाठक समक्ष पस्कन सके मात्रै फोटो पत्रकारहरुको महत्व बढ्ने उनले बताए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गौतमले फोटो पत्रकार समुह तनहुँलाई नयाँ ढंगबाट हाक्ने बताए । अहिलेको युग अनुसार फोटो पत्रकारहरुलाई सक्रिय गराइने जानकारी उनले दिए ।