राजेश कार्की, भानु । तनहुँको भानु नगरपालिका-७ चन्दनी निवासी ८२ वर्षिय अमर सिह गुरुङले सन्चालन गरेको चण्डिका बालगृहलाइ एकता बुहारी समुह भानु-१ भन्सारबाट रु.२६ हजार बराबरको खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरेका छन ।

समुहकी अध्यक्ष मनु थापाले आफुहरुले यस ठाँउको बारेमा जानकारी प्राप्त गरेपछि समुहमा दिदि-बहिनीहरुसँग छलफल गरि सहयोग गर्ने इच्छा भएकोले सहयोग गर्न पाउदा आफुहरु निकै खुसि रहेको बताईन ।

उक्त बालगृहका सन्चालक अमर सिह गुरुङले सहयोगका निम्ति एकता बुहारी समहु हार्दिक धन्यवाद ब्यक्त गर्दै आफुले विगत ५ वर्ष देखि सन्चालन गर्दै आएको यस संस्थालाइ हातेमालो गरेकोमा खुशी व्यक्त गरे ।

गुरुङको दोस्रो घर जहाँ उनका १६ जना अनाथ, टुहुरा छोराछोरी बस्दै र पढ्दैछन्

कुनै बालबालिका शिक्षाबाट बन्चित नहुन भनेर यस शैक्षिक सत्रबाट संचालक अमर सिंह गुरुङले चण्डिका बालगृह सन्चालनमा ल्याएका छन् । जहाँ गरिब र अनाथ १६ जना बालबालिका रहेका छन साथै उनिहरुको रेखदेख गर्न २ जना मान्छे समेत राखेका छ्न ।

बालगृहको सम्पुर्ण खर्च आफैले परिपुर्ति गर्दै आएको गुरुङले बताए । बालगृह सँगै रहेको श्री चण्डिका लाल अमर प्राविमा विगत १३ वर्षदेखि अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

उनले विद्यालयमा विभिन्न सहयोग साथै ५ लाखको पुस्तकालय समेत निर्माण गरेका छन् । आफु ८२ वर्षको जेष्ठ नागरिक भइसकेको र कुनै पनि बिलासी जीवनको लोभ नभएको हुनाले स्वच्छ मनले यिनै अनाथ केटाकेटीहरुलाइ सहयोग गरिरहने उनले बताए ।

विदेशमा रहेका उनका छोराछोरीले बुवा वृद्ध भएको र कोहि कसैले जिम्मा लिएर यस संस्था सन्चालन गरिदिए वार्षिक १० लाख सहयोग गर्ने कुरा समेत अमर सिँह गुरुङले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *