तनहुँमा मतपेटिका संकलन हुँदै, आजै रातिदेखि मतगणना सुरु हुने

Byकिरण श्रेष्ठ

१० बैशाख २०८०, आईतवार २१:३५ १० बैशाख २०८०, आईतवार २१:३५ १० बैशाख २०८०, आईतवार २१:३५

तनहुँ । तनहुँ-१ मा ६३ हजार ७ सय ५७ मत (५१.७ प्रतिशत) खसेको छ । आइतबार भएको प्रतिनिधिसभा तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन शान्तिपूर्ण रुपमा सकिएको हो ।

निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार सबैभन्दा बढी मत व्यास नगरपालिकामा खसेको छ । यहाँ ४० हजार ४ सय ४९ हजार मतदाता रहेकोमा २२ हजार ४ सय २५ मत खसेको हो ।

आबुखैरेनीमा ६ हजार ७ सय ६९ मत, देवघाटमा ५ हजार ८ सय ५४ मत, बन्दिपुरमा ७ हजार ८ सय ३० मत, भानु नगरपालिकामा २० हजार ८ सय ७९ मत खसेको छ ।

प्रमुख ढकालका अनुसार मतदान सम्पन्न भएका सबै मतदान स्थलबाट साँझदेखि नै मतपेटिका संकलन कार्य भइरहेको छ । ‘अब आँबुखैरेनी र देवघाटबाट मतपेटिका आउन बाँकी छ,’ ढकालले भने ।

ढकालका अनुसार १० देखि ११ बजेसम्म मतपेटिका दमौली आइपुग्नेछ । उनले भने ‘राजनीतिक दलहरुको संयुक्त बैठक बसेर मत गन्ने प्रक्रिया अगाडि बढ्छ ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालयले राती नै मतगणना गर्ने गरि तयारी गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *